असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने"/>
2026-10-10 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रोमानिया घटनाबारे प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए । त्यहाँको प्रहरीमा दिएको उजुरी पनि सपुतकै आग्रहमा फिर्ता लिइयो । क्यान बियरको बोतल प्रहारको उक्त घटनाले विश्वभरका नेपाली समुदायमाझ चर्चा पायो ।

यो घटनाको केही दिनमै गायक सपुतले उक्त घटना र त्यसले पारेको असरबारे औपचारिक प्रतिक्रिया दिएका छन् । उक्त घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको भन्दै सपुतले अहिले मानसिक रुपमा आफू विक्षिप्त भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले मानिसलाई मनोरञ्जन प्रदान गर्न, प्रेम र खुसी बाँड्न कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न नसक्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिको जीवनमा आइपर्ने यस्ता घटना र किस्सा पढ्दै, सुन्दै आएको हो । तर स्वयं आफू चाहि तयार भइसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’

कोभिडपछि आफूले पटक-पटक यस्तो डर र एन्जाइटीलाई जित्दै आएको उल्लेख गर्दै मानसिक स्वास्थ्यको पनि कुरा गरेका छन् । उक्त पोस्टमा उनले रोमानियामा रहेको एक इटालियन रेस्टुरेन्टमा काम गर्ने नेपाली कामदारसँगको तस्वीर पनि प्रस्तुत गरेका छन् । सपुतमाथि बोतल प्रहार भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कूटनीतिक नियोगको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने