2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रदर्शनको तेस्रो सातामा ‘बगान’

साउन १२, काठमाडौँ | फिल्म ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म उपत्यका तथा मोफसलका केही हलमा तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।

निर्माण युनिटले केही दिन अगाडि फिल्मको ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेको थियो । हालसम्म फिल्मले एक करोड नजिकको ग्रस कलेक्शन गरेको बताइएको छ ।

अभिनेता सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि फिल्ममा मुख्य भूमिका छ ।

अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।  स्वप्निल नीरवको कथामा निर्माण भएको फिल्म नेपाली वेबसाइट डटकमले निर्माण गरेको हो ।

‘बगान’ का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन् ।

हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्म एकल आमाहरूले देशको जुनसुकै हलमा पनि फ्रिमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो