२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धुर्मुस’लाई प्रश्न : हिजोआजका टेलिश्रृङ्खला कस्तो लाग्छ ?

१५ श्रावण २०८०, सोमबार ११:१९

साउन १५, काठमाडौँ | लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ प्रिय बनेका अभिनेता हुन् सिताराम कट्टेल ‘धुर्मुस’ ।

लामो समय उक्त सिरियलमा सक्रिय रहँदा उनले थुप्रै चरित्रहरू निर्वाह गरेका थिए । ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’का साथ सामाजिक कर्ममा होमिएपछि ८ वर्षयता टेलिसिरियलमा देखिएका छैनन् । उनी दर्शक बनेर अहिलेका टेलिसिरियल हेरिरहेका भने छन् । 

हिजोआजका टेलिसियलमा कतिपयले स्तरीयता खस्किएको समेत गुनासो गर्ने गरेका छन् । जबरजस्ती हँसाउने चक्करमा हास्य सिरियलहरू निर्माण भइरहेको गुनासो कतिपयले गर्ने गरेका छन् । धुर्मुसलाई चाहिँ कस्तो लाग्छन् त हिजोआजका टेलिसिरियल ? उनले जवाफ दिए, ‘यस्तो उस्तो भन्दा पनि मलाई यति थाहा छ कि अहिले क्षमतावान व्यक्तिहरू आउनुभएको छ । मात्रै, उहाँहरूले पस्किने चिजहरूमा चाहिँ मेहनत गर्नलाई विभिन्न कुराहरूले अप्ठयारो पर्यो होला भन्ने लाग्छ ।’ 

‘धुर्मुस’ले पहिले डमी हेरिसकेपछि मात्रै सिरियलहरू प्रसारणका लागि पास हुने गरेको स्मरण गरे । ‘त्यतिखेर प्लेटफर्म त्यति धेरै हुँदैनथे । जहाँबाट सिरियलहरू आउँथे, त्यहाँबाट कुन विषयवस्तु रोज्ने, कस्तो बनाउने ? डमीहरू हेरिसकेपछि मात्रै पास हुन्थ्यो’ उनले भने, ‘पुगेन भने फेरि यो थपेर ल्याउनुस्  भनिन्थो । त्यसले गर्दा क्रियटरलाई पनि अझ राम्रो सिर्जना पस्किने, अझ राम्रो गरौं भन्ने हुन्थ्यो ।’

उनले अगाडि थपे, ‘अहिले प्लेटफर्महरू धेरै छन् । तिनलाई सेन्सर गर्ने ठाउँहरू पनि पहिलेजस्तो छैन । त्यसमाथि हतारमा काम गर्नुपर्ने अवस्था पनि अहिले देखिन्छ ।’

सिरियलमा विषयवस्तु उठान गर्न आर्थिक कुराले पनि प्रभाव पार्ने उनी बताउँछन् । 

‘आर्थिक मन्दीले गर्दा बजेटका कुराहरू आउँछन् । सुटिङ गर्न टेक्नोलोजी एकदमै हाइ छ । विषयवस्तु उठान गर्न आर्थिक कुरामा पनि भर पर्छ’ उनले भने, ‘मज्जाले स्रोत हुने भएदेखि सिर्जना गर्ने व्यक्ति एकसेएक हुनुहुन्छ । यद्यपि, विभिन्न बाध्यताले गर्दा ‘ल्याक’ भयोहोला भन्ने लाग्छ ।’ 

यतिबेला धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’को लेखन, निर्देशन एवं अभिनय रहेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ले दर्शकको माया पाइरहेको छ । यो फिल्मलाई ३३ लाख बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठ) गलत गतिविधि नसच्याए सरकारविरुद्ध सडक र सदनबाट सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड ‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा बेपत्ता बुढाथोकी एक सातापछि कावेली खोलामा मृत भेटिए पोखराले गुमायो दोस्रो विकेट, पावर प्लेमा जोड्यो ५२ रन रास्वपाका नेताहरुविरुद्धको अवहेलना मुद्दामा मंगलबार सुनुवाइ हुँदै