2026-10-10 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको शिखरमा अभिनेत्री दीया

साउन २८, काठमाडौँ | अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् । आइतबार बिहान ७ बजे उनले हिमालको शिखर चुमेकी हुन् । 

हिमालको शिखरमा नेपाली झण्डा समेत फहराएको तस्बिरसहित उनले सामाजिक संजाल मार्फत आरोहणको सफलता शेयर गरेकी छन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेको जानकारी दिएकी उनले अर्काे एक सपना पुरा भएको बताएकी छन् ।

दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनासलु  समेत आरोहण गरिसकेकी छन् । सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको उनले आरोहण गरेकी थिइन् । उनको विश्वका ७ अग्ला शिखर आरोहण गर्न लक्ष्य रहेको छ ।

फिल्म ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी दीयाको गत असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । फिल्म व्यावसायिक रूपमा सफल हुन नसके पनि दीयाको अभिनयले भने चर्चा पाएको थियो । उनको फिल्म ‘दयारानी’ प्रदर्शनमा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने