2026-10-10 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

साउन ३०, काठमाडौँ | बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट । 

सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्रतिस्पर्धा एल्विश, अभिषेक र मनिषा रानीबीच भयो । मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् ।

अन्तिम प्रतिस्पर्धा एल्विश र अभिषेक बीच भयो । र बाजी मारे एल्विशले । उनले ट्रफी र २५ लाख भारु इनाम पाए ।

एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा छन् । यसै कारण यो प्रतिस्पर्धामा एल्विशको लोकप्रियता अभिषेकमाथि भारी पर्‍यो । अभिषेक यो संस्करणको सुरुदेखि नै बिग बसको घरमा थिए ।

उनले थुप्रै पटक यसबारे कुरा पनि गरेका थिए । अभिषेकले आफू बिग बसको घरमा पहिलेदेखि नै भएकोले विजेताको हकदार आफू नै हुनुपर्ने भन्दै एल्विशसँग बहस पनि भएको थियो ।

फाइनल अघि अभिषेक बिरामी परेका थिए । उनलाई अस्पतालमा भर्ना पनि गर्नुपरेको थियो । तर फाइनलमा उनी कार्यक्रममा फिर्ता भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने