2026-08-20 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, अभिनेत्रीतर्फ आलिया र कृति

भदौ ८, काठमाडौँ | भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो ।

आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे । ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे ।

‘रकेट्री : द नामिबी इफेक्ट’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भयो । सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड फिल्म ‘मेप्पडियन’ले प्राप्त गर्‍यो । ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय फिल्म घोषित हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरियो ।

फिल्म ‘अनुनाद’ सर्वश्रेष्ठ सामाजिक फिल्म घोषित भयो । वातावरण संरक्षणतर्फ ‘आवासाव्यूहम’ सर्वश्रेष्ठ घोषित भयो । ‘गान्धी एण्ड को’ उत्कृष्ट बाल फिल्म, ‘गोदावरी’बाट निखिल महाजन सर्वश्रेष्ठ निर्देशक घोषित भए ।

पंकज त्रिपाठी फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ सहायक अभिनेता बन्दा ‘द कश्मीर फाइल्स’बाट पल्लवी जोशी सहायक अभिनेत्री घोषित भइन् । भारतबाट गत वर्ष ओस्कारमा सिफारिस भएको फिल्म ‘द लास्ट शो’का भविन रावरी सर्वश्रेष्ठ बालअभिनेता घोषित भए ।

‘आरआरआर’मा समावेश गीत ‘कोमुराम भीमुडो’बाट काल भैरव सर्वश्रेष्ठ पार्श्व गायक घोषित भए । सर्वश्रेष्ठ छायांकन विधामा ‘सरदार उद्यम’का अविक मुखोपाध्याय विजयी बने । सर्वश्रेष्ठ पटकथातर्फ ‘नायट्टु’बाट शाही कविर उत्कृष्ट बने । एडप्टेड पटकथातर्फ गंगुबाई कठियावाडीका सञ्जयलीला भन्साली र उत्कृषिती वशिष्ठ उत्कृष्ट घोषित भए ।

उत्कृष्ट संवाद लेखन, सम्पादन र मेकअप आर्टिस्ट विधाको अवार्ड पनि गंगुबाई कठियावाडीले जित्यो । ‘सरदार उद्यम’ले कस्ट्युम डिजाइनर र प्रोडक्सन डिजाइनको विधा जित्यो । उत्कृष्ट संगीत निर्देशन विधामा ‘पुष्पा’बाट देवीश्री प्रसाद र पार्श्व ध्वनिमा आरआरआरबाट एमएस कीरावाणी विजयी घोषित भए ।

‘शेरशाह’ले स्पेसल जुरी अवार्ड प्राप्त गरे । आरआरआरले उत्कृष्ट नृत्य निर्देशन, भिजुअल इफेक्ट र द्वन्द्व निर्देशनको विधा जित्यो । यसबाहेक विभिन्न राज्यका फिल्मलाई पनि राष्ट्रिय अवार्ड प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल