2026-10-10 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन

भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्।

उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए।

उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उहाँहरू भगवान श्रीकृष्णको धेरै भक्ति गर्नु हुन्छ। उहँहरूले बनाएको फिल्म एक भगवत गीता अहिले सेन्सरको चपेटामा परेको छ। स्वयम् एक भक्तले बनाएको फिल्ममा, धर्मको खिल्ली उडाए भनेर कसरी पत्याउनु? यदि नामकै कारण मात्रै हो भने चलचित्र रोक्नु जायज होला र?’

दीपकले नेपालको चलचित्र उद्योगमा एकताको अभाव भएकाले अरुको बारेमा बोल्न कोही बोल्न नचाहेको गुनासो गरे। उनले बलिउडको उदाहरण दिँदै भने, ‘ बलिउडमा एउटा फ़िल्म ब्लकबष्टर हूदाँ पूरा उद्योग खुसी मनाउँछ।  यहाँ कुनै फिल्म ब्लकबष्टर भो भने पूरा उद्योग शोकमा डुब्छ….!’

उनले अन्यायविरुद्ध बोल्दा गाली खाइए पनि बोल्न नछाड्ने बताए। ‘संघ संस्था राजनीति गर्ने मञ्च र अधिकार बिहीन विकास बोर्ड जागिर खाने थलो मात्रै नहोस। केही गरौँ, रिलिज नरोकौँ,’ उनले लेखेका छन्। 

दीपकको पोस्टलाई सेयर गर्दै अन्य चलचित्रकर्मीहरूले पनि यसविरुद्ध आवाज उठाएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने