2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘जवान’ बन्यो सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्म !

भदौ २५, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ।

फिल्मले हरेक दिन बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ४ दिनमा विश्वभरबाट ५०० करोड भारू कमाएको छ। यो सँगै फिल्मले सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

‘जवान’ ले शाहरूख खानकै फिल्म ‘पठान’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘पठान’ ले ५ दिनमा विश्वव्यापी रूपमा ५०० करोड भारू कमाएको थियो।

‘जवान’ ले भारतीय बक्स अफिसमा २८७ करोड भारू कमाएको छ।  ७५ करोडमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ५३ करोड २३ लाख, तेस्रो दिन ७७ करोड ८३ लाख र चौथो दिन ८१ करोड कमाएको हो। यो हिन्दी, तमिल र तेलुगु भाषाको कमाइ हो।  

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई