भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल"/>

2026-10-10 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल्म रिलिज भएको दिन चेन्नईका सबै थिएटर हाउसफुल थिए । धेरै ठाउँमा शाहरुखको पोस्टर दूधले नुहाइएको थियो । वर्षौंपछि दक्षिण भारतमा हिन्दी फिल्म स्टारको यस्तो क्रेज देखियो ।

एकातिर बलिउडको स्टारडम र मेगा बजेट भने अर्कोतिर साउथ उद्योगको जीवन्त स्टाइल र जबर्जस्त एक्सन दृश्य ‘जवान’को सफलताको कारण हो ।

शाहरुख एक मात्र स्टार हुन् जसको एकै वर्षमा रिलिज भएका दुई फिल्मले ४०० करोड भारुको आँकडा पार गरे । भारतीय फिल्म विश्लेषक तरण आदर्शका अनुसार ‘जवान’ले प्रदर्शनको ११ दिनमै ४०० करोड भारु कमाएको छ । ‘पठान’लाई यो आँकडा पार गर्न १२ दिन लागेको थियो ।

‘पठान’ र ‘जवान’ को आधारमा शाहरुख सबैभन्दा धेरै कमाउने अभिनेताको पहिलो स्थानमा पुगेका छन् । दुवै फिल्मले करिब ९५३ करोड भारु कमाएका छन् । सन् २०१९ मा अक्षय कुमारका चार फिल्मले एकसाथ ७५७ करोड भारु कमाएका थिए । अब उनी यो सूचीमा दोस्रो स्थानमा झरेका छन् ।

‘जवान’ले ७५ करोड भारु कमाएर हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यसअघि यो कीर्तिमान ‘पठान’ (५७ करोड) को नाममा थियो ।

‘जवान’ ले पहिलो साता ३९१ करोड भारु कमाएको थियो भने ‘पठान’ले ३६४ करोड कमाएको थियो । ‘जवान’ले पहिलो सप्ताहन्तमा २८६ करोड भारु कलेक्सन गरेको थियो । यसअघि ‘पठान’को रेकर्ड २८१ करोड भारु थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै