2026-10-10 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेता गौरव पहारी र प्रेमिका श्रेयानी खतिवडाले गरे इन्गेजमेन्ट

असोज ३, काठमाडौँ | अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो ।

परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी मंसिरमा उनीहरुबीच बिहे हुने तयारी छ । र्‍याडिसनको नेपा हलमा आयोजित समारोहमा उनीहरुलाई बधाइ दिन दुबै पक्षका परिवार, कलाकारहरु विल्सनविक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए ।

यी दुईजना तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् । पाका अभिनेता टीका पहारीका छोरा गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए ।

गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्महरु ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै