2026-10-10 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

असोज १७, काठमाडौँ | वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगढीमा निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। 

सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी उनी रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । 

करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनले गाएका एकल तथा युगल ‘बिछोडको पीडा नसकी खप्न’, ‘तिमी देख्दा रहर लागेर आउँछ’, ‘साउन फर्की’, ‘सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै