2026-10-10 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

श्रीदेवी विवाह अघि गर्भवती भएको हल्लाबारे बोनी कपुरको स्पष्टीकरण

असोज १७, काठमाडौँ | बोनी कपुरले अन्ततः श्रीदेवीको पहिलो गर्भावस्थाबारे फैलिएको हल्लाबारे स्पष्टीकरण दिएका छन् । उनले श्रीदेवीसँग विवाह भएको वास्तविक मिति उल्लेख गर्दै जुन हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता नभएको बताएका छन् । 

एक भारतीय सञ्चार माध्यमलाई हालै दिएको एक अन्तर्वार्तामा उनले यसबारे कुरा गरेका छन् । बोनीका अनुसार उनले श्रीदेवीसँग सन् १९९६ जुन २ मा विवाह गरेका हुन् । यी दुईले पहिल्यै विवाह गरे पनि सार्वजनिक रूपमा भने सन् १९९७  जनवरीमा मात्रै विवाह गरे । मितिमा भएको यही गडबडीका कारण श्रीदेवी विवाह अघि नै गर्भवती भएकी हुन् भन्ने हल्ला चल्यो । 

‘मेरो दोस्रो विवाह, मेरो श्रीदेवीसँगको विवाह सिर्दिमा भयो । हामीले जुन २ मा विवाह गरेका थियौँ । विवाहका केही कार्यक्रम भए । हामीले त्यहाँ रात पनि बितायौँ । त्यसपछि श्री जनवरीमा गर्भवती भइन् । उनी गर्भवती भएपछि हामीसँग  सार्वजनिक रूपमा विवाह गर्नुको विकल्प थिएन । जुन २ सिर्दिमा विवाह भएको थियो तर सार्वजनिक रूपमा हाम्रो विवाह सन् १९९७ जनवरीमा मात्रै भयो । त्यसैले अहिलेसम्म पनि मानिसहरूले श्रीदेवी विवाह अघि नै गर्भवती भएकी थिइन् भनेर लेख्ने गर्छन्,’ बोनीले द न्यु इन्डियनसँगको कुराकानीमा भने । 

बोनी कपुरले आफ्नी जेठी श्रीमती मोनासँग श्रीदेवीसँगको आफ्नो भावना बारे पनि आफूले निरन्तर पारदर्शिता कायम राखेको खुलासा गरे । उनले आफूले आफैँलाई एक अभूतपूर्व र इमानदार पारिवारिक व्यक्तिको रूपमा चित्रण गर्दै छोराछोरी अर्जुन, अंशुला, जान्ह्वी र खुसीसहित परिवारका सबै सदस्य आफ्ना लागि अमूल्य भएको बताए । 

विवाहपछि बोनी र श्रीदेवीका दुई छोरी जान्ह्वी कपुर र खुसी कपुर भए । जान्ह्वी बलिउडमा काम गरिरहेकी छिन् भने खुसी डेब्युको तयारीमा छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै