2026-10-10 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेता जगपति के गर्दैछन् काठमाडौँमा?

असोज ३०, काठमाडौँ | भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । उनले यहाँ घुमघाम गरेको, फ्यानलाई भेटेकोदेखि रेष्टुरेन्टमा खाना लिएको तस्वीर यतिबेला सामाजिक संजालमा सेयर भैरहेका छन् ।

उनको नेपाल भ्रमणको उद्देश्य सार्वजनिकरुपमा केही नबताइएपनि निकट स्रोतका अनुसार केही दिनदेखि काठमाडौंमा एक दक्षिण भारतीय फिल्मको छायांकन भैरहेको छ । उक्त फिल्ममा केही नेपाली कलाकार पनि समावेश रहेको लामो समयदेखि विदेशी फिल्मको नेपाल ब्यवस्थापन हेर्ने एक प्राविधिकले बताए ।

‘केही दिनदेखि काठमाडौंमा साउथ फिल्मको छायांकन भैरहेको जानकारी पाएका छौं । हामीले चिनेका केही नेपाली कलाकारलाई पनि अभिनयको प्रस्ताव गरिएको रहेछ’ ती व्यवस्थापकले भने ।

जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् । आइएमडीबीका अनुसार सालार र पुष्पा २ सहित गुन्तुर कारम, नन्दादा, ब्रुस ली, सिम्बा : द फरेस्ट म्यान, रुसलान, कातेरा, उपी रुप्पी उनका प्रदर्शन तयारीमा रहेका फिल्म हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै