2026-11-25 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुख खान अभिनित ‘डंकी’को टिजर सार्वजनिक

कार्तिक १६, काठमाडौँ | आजको दिन बलिउड अभिनेता शाहरुख खानका लागि विशेष दिन हो । बिहानैदेखि शाहरुखको नामको चर्चा जताततै भइरहेको छ । बिहीवार उनको ५८ औं जन्मदिन हो । यस विशेष दिनमा, फ्यानले अन्ततः त्यो उपहार पाएका छन् जसको लागि उनीहरू उत्सुक थिए । यो सन्दर्भमा शाहरुखको आगामी फिल्म ‘डंकी’को टिजर सार्वजनिक भएको छ ।

यो टिजरलाई निर्माताले ‘ड्रप १’ नाम दिएका छन् । यसको अर्थ, टिजरका अन्य श्रृंखला पनि आउन सक्छन् ।

शाहरुखले फिल्ममा हार्डीको भूमिका निर्वाह गरेका छन् । उनी आफ्ना साथीलाई इङल्याण्ड लैजान चाहन्छन् । एक मिनेट ४७ सेकेन्डको भिडियोमा कमेडी र एक्सन छ । सुरुमा देखाइएको दृश्यले तपाईंलाई त्रसित तुल्याउन सक्छ । ‘पठान’ र ‘जवान’पछि शाहरुख फेरि बक्स अफिसमा धमाका गर्न तयार रहेको फ्यानले बताएका छन् ।

शाहरुखको यो फिल्म ‘डंकी’ कमेडी ड्रामा हो । यसको कथा ‘डन्की फ्लाइट’ नामक अवैध आप्रवासीको प्रविधिमा आधारित छ । अभिजात जोशी र कनिका ढिल्लनको साथमा पटकथा लेखेका राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

टिजर मरुभूमिबाट सुरु हुन्छ, जहाँ केही मानिस भाग्न खोजिरहेका छन् । बालुवामा कंकाल छन् । त्यसपछि एक व्यक्तिले ती व्यक्तिलाई गोली हान्छन् । यसपछि शाहरुखका साथी बुग्गु इङ्ल्यान्ड जान चाहन्छन्, तर उनका परिवारका सदस्यले उनलाई हजुरआमाको कसम खुवाएर विदेश जानबाट रोक्ने हरसम्भव प्रयास गर्छन् ।

त्यसपछि शाहरुखको प्रवेश हुन्छ जो आफ्नो गाउँमा साथीसँग रमाइलो जीवन बिताउँछन् र साथीको सपना पूरा गर्न संघर्ष गरिरहेका छन् । यी साथीमध्ये (तापसी पन्नु) पनि छन्, जसलाई उनी माया गर्छन् । आखिर, यी चारको जीवन परिवर्तन गर्ने कथा के हो र उनीहरूको सपना के हो, यो २२ डिसेम्बर २०२३ मा फिल्म हलमा मात्र थाहा हुनेछ ।

रेड चिलीज इन्टरटेनमेन्ट र जियो स्टुडियोको ब्यानरमा निर्माण भएको यस फिल्ममा शाहरुखसहित तापसी पन्नु, दिया मिर्जा र बोमन इरानीले अभिनय गरेका छन् । यी बाहेक धर्मेन्द्र, सतीश शाह, परीक्षित साहनी पनि छन् । विक्की कौशल र काजोलको क्यामियो र स्पेशल अपेरेन्स पनि रहने बताइएको छ ।

‘डंकी’को छायांकन मुम्बई, कश्मीर, लन्डन बुडापेस्ट, जेद्दा र निओममा गरिएको थियो । गीतको संगीत प्रीतमले गरेका हुन् । यो फिल्म विदेशमा २१ डिसेम्बर र भारतमा २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी