2026-10-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सुगमले अस्ट्रेलियामा दर्शकलाई माइक्रोफोनले झटारो हानेको भिडियो भाइरल (भिडियो)

कात्तिक १९, काठमाडौं | चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । 

भिडियो हेर्दा गीत गाउन स्टेजमा आउँदा सुगम नसामा मातेको पनि देख्न सकिन्छ ।

घटनाको भिडिओ अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ । त्यसमा सुरूबाटै सुगमको बोली-व्यवहार असन्तुलित र उत्तेजक देखिन्छ । उनले दर्शकलाई सुरूदेखि अपमानित गरेका थिए ।

‘झिल्के’ भन्ने गीत एकचोटि गाउँ न त’ भन्दै उनले बोल्न सुरु गर्छन् । दर्शकले ‘झिल्के… झिल्के… ’ भन्दै कराउँछन् । पोखरेलले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् ।

उनले लर्बरिएको स्वरमा भनेका छन्, ‘मलाई नरमाइलो लागिराखेको छ । नेपालमा १३० भन्दा बढी मान्छे मरेका छन् । हामी एकछिन मौन धारण गरौं ।’

उनी माइक समातेर मौन धारण गर्न खोज्छन् । तर, सक्दैनन् । दर्शक पनि हल्ला गरिरहेकै हुन्छन् ।

मौनधारण यत्तिकै छोडेर पोखरेलले माइक मुखमा लैजान्छन् र मातेको तालमा सुर मागुन्गुनाउँछन् ‘बुइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल ।’

पोखरेलको यो शैलीले दर्शकमा होहल्ला बढ्दै जान्छन् । त्यसपछि उनी उत्तेजिन हुन्छन् ।

‘ए भाइ, तिमीलाई मा… कसम झट्टी हान्छु… यो भाइलाई बोला त ओइ… यो तालुवाला भाइलाई…’

त्यसपछि उनी होस गुमाएर स्टेजबाट तल हाम्फाल्छन् । स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् । उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ । फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछन् । त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ ।

सुगमको यो व्यवहारको चौतर्फीरूपमा आलोचना भइरहेको छ । कार्यक्रम आयोजकले पनि खेद प्रकट गरेका छन् ।

कार्यक्रममा उद्घोषण गरेका रुद्र उपाध्यायले घटनाबाट लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दु:ख व्यक्त गरेका छन् ।

‘मलाई त्यो परिस्थितिलाई ह्यान्डल गर्न गाह्रो परेको थियो । मैले कुनै पनि चर्चित व्यक्तिबाट यस्तो हर्कतको सामना गरेको थिइनँ ।’

उनले अब आइन्दा यस्ता कार्यक्रममा नेपालबाट अतिथि निम्त्याउँदा उनीहरूको बानी व्यहोराबारे राम्ररी बुझ्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा