2026-10-10 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कफी विथ करण किन बन्द गराउन चाहन्थे रणवीर कपुर ?

कार्तिक २२, काठमाडौँ | गएको केही हप्तायता करण जौहरको च्याट शो ‘कफी विथ करण’को आठौं सीजनको चर्चा परिचर्चा भइरहेको छ । 

कहिले रणवीर सिंह र दीपिका पादुकोणको अभिव्यक्ति कहिले सारा अली खानले अनन्या पान्डे र आदित्य रोय कपुरको प्रेम सम्बन्धबारे दिएको संकेतका कारण एपिसोडहरु रोमाञ्चक र रोचक भइरहेका छन् । यस्तैमा रणवीर कपूरको पुरानो अन्तरवार्ता भाइरल भइरहेको छ । यसमा रणवीरले कफी विथ करण बन्द गराउन चाहेको बताएका थिए ।

भाइरल भिडियो एउटा पोडकाष्टको टुक्रा हो । यो रणबीरको फिल्म जग्गा जासुसको प्रोमोशनको बेलाको हो । कुराकानीको क्रममा ‘तपाई कफी विथ करण शोदेखि थाक्नु भएको छैन ?’ भनेर सोधिएको थियो । सो प्रश्नको उत्तरमा रणवीरले ‘मलाई साँच्चै थकाई लागिसक्यो । मलाई र अनुष्कालाई यो वर्ष (२०१७ मा) पनि जर्बजस्ती बोलाइएको थियो, तर हामी गएनौं । हामी शोविरुद्ध प्रदर्शन गन चाहन्थ्यौं । हामीहरु शोलाई बन्द गराउन पूरै फिल्म उद्योगलाई एक ठाउँमा भेला गर्न चाहन्थ्यौं । यो शो विल्कुल निष्पक्ष छैन,’ उनले भने ।

अझ अगाडि उनले भनेका थिए, ‘उसले हामीमार्फत पैसा कमाइरहेको छ । हामी शोमा जान्छौँ अनि वर्षभरि घोट्टिरहन्छौं । यो फिटिक्कै ठीक होइन ।’ 

शोमा हरेक वर्ष जाँदा आइफोन बाहेक गिफ्ट ह्याम्परमा अरु केही नपाइने पनि रणवीरले बताएका थिए । कफी विथ करणमा आउने कलाकारहरु कयौँ पटक विवादमा पनि पर्ने गरेका छन् । शोमा आएपछि दीपिका र रणवीर निकै ट्रोल भएका थिए । शोमा दिएको अभिव्यक्तिका कारण यसअघि सोनम कपूर, करीना कपूर, क्रिकेटरहरु हार्दिक पान्ड्या र के.एल. राहुल पनि विवादित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा