2026-10-10 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘टाइगर ३’ मा शाहरुख र ऋतिक पनि, ओपनिङ अकुपेन्सी आक्रामक

कार्तिक २६, काठमाडौँ | बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ ।

यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् । ‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छ भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका छ ।

‘टाइगर ३’ भारतीय जासूस एजेन्सी रअका टाइगर (सलमान खान)को वरपर घुमेको छ । पाकिस्तानी जासूस एजेन्सी आईएसआईकी एजेन्ट जोया (कट्रिना)सँग विवाह गरेपछि देशद्रोहको आरोप लागेको टाइगर यतिबेला अष्ट्रियामा परिवारसँग निर्वासन जीवन बाँचिरहेको छ ।

यस्तोमा ऊसामु रअका अन्य एजेन्टलाई पाकिस्तानबाट उद्धार गर्नुपर्ने जिम्मा आइलाग्छ । पारिवारिक चुनौतीको बाबजुद टाइगर मिसनमा फर्किनुपर्ने हुन्छ । उसको मिसनमा बदलाप्रेरित ढंगले अघि बढेका इमरान हासमी अवरोध बन्छन् । लुकामारी, दौडधुप र भरमार एक्सनसहित ‘टाइगर ३’ अघि बढ्छ ।

फिल्मको अन्त्यमा युनिभर्सको आगामी श्रृंखलाको रुपमा ‘वार’ कबीर अर्थात् ऋतिक रोशनलाई दर्शाइएको छ । कबीरलाई खतरनाक लडाकुको भूमिकामा देखाइएको छ ।

तिहार बिदामा रिलिज भएको यो फिल्मले आक्रामक ओपनिङ गर्ने पक्का छ । शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘दिमाग खराब’ले आइतबार उत्साहकजनक रुपमा दर्शकको साथ पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो