2026-10-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

टिकटक बन्दबारे रेखाको कटाक्ष : यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे !

मङ्सिर १, काठमाडौँ | नेपालमा टिकटक बन्द भएपछि यतिबेला प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् भने कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् ।

यस्तोमा सेलिब्रिटीले टिकटक बन्दबारे आफ्ना धारणा राखिरहेका छन् । अभिनेत्री रेखा थापा समसामयिक मुद्दामा धारणा राख्ने अभिनेत्रीमध्ये पर्छिन् । राप्रपाकी नेतृसमेत रहेकी रेखाले टिकटक बन्दबारे प्रतिक्रिया दिएकी छिन् । उनले एक्स (पहिलेको ट्वीटर)मा यसबारे धारणा राख्दै लेखेकी छन्, ‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअल (कथित बौद्धिक)ले देश बनाउने रे ।’

रेखाको यो टिप्पणीमा विभिन्न कमेन्ट छन् । रेखाको यो अभिव्यक्ति कतातिर लक्षित हो बुझ्न कठिन छैन । रास्वपा, एमाले, कांग्रेस लगायतका दलका नेताले टिकटकमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा शुक्रबार मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा