2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘टाइगर ३’ ले नेपालमा ५ करोड ३० लाख नेरु कमाउँदा, विश्वभर कति कमायो ?

मङ्सिर ४, काठमाडौँ | भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो ।

पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टारर जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक्सन सोमबार सार्वजनिक गरेको छ । सूचीमा यो फिल्मले नेपालमा ५ करोड ३० लाख नेरु (४ लाख अमेरिकी डलर) हाराहारीमा कमाइ गरेको उल्लेख छ ।

उत्तर अमेरिकामा ४४ लाख २५ हजार डलर, अष्ट्रेलियामा ८ लाख डलर, मध्यपूर्वमा ३२ लाख, न्युजिल्याण्डमा २ लाख १० हजार, बेलायतमा १४ लाख डलर, युरोपमा ५ लाख ७५ हजार डलर कमाएको पिंकभिल्लाले जनाएको छ । विश्वभरको कमाइ सूची हेर्दा सलमान खानको निकै क्रेज मानिएको मध्यपूर्वमा यसपटक ‘टाइगर ३’ को कमाइ घटेको देखिएको छ ।

यशराज ब्यानरको पाँचौं जासूस ब्रह्माण्डको यो फिल्मले विश्वभर अतिरिक्त १५ मिलियन डलर कमाउन सक्ने प्रक्षेपण छ । नेपालमा भने फिल्मको कमाइमा सोमबारदेखि ‘ड्रप’ देखिएको छ । लक्ष्मीपूजाको दिनमा आइतबार रिलिज भएको यो फिल्मको कमाइमा भारतमा विश्वकप क्रिकेटको असर देखिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई