2026-10-10 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दिमाग खराब’लाई ‘मिसन ८४’ भनिएपछि निश्चल भन्छन्, ‘राम्रै कुरा हो’

मङ्सिर ६, काठमाडौँ | निर्देशक निश्चल बस्नेतले ११ वर्षको अवधिमा ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र हाल प्रदर्शनरत ‘दिमाग खराब’ गरि चारवटा फिल्म बनाए । यी चारवटै फिल्ममा कुनै न कुनै रुपमा राजनीति जोडिएको छ । ‘दिमाग खराब’लाई त राजनीतिक विषयमा बनेको फिल्मको रुपमा धेरैले ब्याख्या गरेका छन् । भलै, निश्चल यो स्वीकार गर्दैनन् । फिल्ममा सामाजिक कथा रहेको उनको अडान छ ।

फिल्मले एउटा साधारण मान्छेको कथा भनेको छ । चरम गरिबीले वैदेशिक रोजगारीमा जान विमानस्थलसम्म पुगेर फर्किएको एक पात्रको संघर्षको कथा छ । र, ऊ कसरी राजनीतिमा लाग्न बाध्य हुन्छ भन्ने कथाको वरिपरि फिल्म घुमेको छ । ‘दिमाग खराब’लाई २०८४ सालको निर्वाचनलक्षित पनि भन्न थालिएको छ । किनभने, फिल्ममा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणलाई देखाइएको छ ।

फिल्ममा स्वतन्त्र उम्मेदवारको झण्डा निलो रंगको छ । रवि लामिछानेले नेतृत्व गरेको पार्टी रास्वपाको झण्डाको रंग पनि निलै छ । कतिपयले ‘दिमाग खराब’लाई रास्वपाको फिल्म समेत भनेका छन् । निश्चल भने यसलाई हेर्ने नजरियामा फरक पर्ने तर्क राख्छन् । उनी फिल्म राजनीतिक कथामा बनेको स्वीकार गर्न तयार छैनन् । आफूले एउटा साधारण मान्छेको कथा भनेको उनको दाबी छ ।

‘मेरो लागि यो राजनीतिक फिल्म हैन । फिल्ममा मैले इन्द्र शर्माको कथा भनेको छु । उसको परिवार र साथीको कथा छ । उसलाई कसरी समस्या आयो र कसरी संघर्ष गर्दै गयो भन्ने देखाइएको छ । मैले कुनै राजनीतिक विचारधाराबाट फिल्म बनाएकै हैन,’ उनी भन्छन्, ‘झण्डाको रंगले गर्दा यो पार्टीतिर ढल्किएको होला भन्ने कतिपयलाई लागेको होला । खासमा बुझाई फरक परिरहेको हो ।’

‘दिमाग खराब’लाई ‘मिसन ८४’ भनिएकोप्रति भने उनलाई आपत्ति छैन । यसलाई जसले जसरी बुझ्दा पनि हुने निश्चलको तर्क छ । ‘मैले यो फिल्म बनाउनु पछाडिको उद्देश्य चाहिँ केही चीज भन्नलाई हो । मैले फिल्मबाट बुझाउन खोजेको कुरा के हो जसले जसरी बुझ्दा पनि हुन्छ । देशलाई राम्रो बनाउन सक्छौं र जनतालाई जागरुक बनाउन सक्छौं भने त राम्रै कुरा हो नि,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा