2026-10-10 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरको विषयमा सहमति

मङ्सिर ८, काठमाडौँ | कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र वितरकको संस्था नेपाल चलचित्र संघ सहमत भएको छ । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउनेछन् । यसले नेपाली निर्मातालाई ठूलो राहत हुने देखिएको छ ।

यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर, तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे । जसले गर्दा राम्रो व्यापार गर्ने फिल्मका निर्मातालाई ठूलो मार पर्ने गरेको थियो । ‘दिमाग खराब’का निर्माताले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै स्थगित गर्ने चेतावनी दिएका थिए ।

यसपछि संघले फिल्मका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्न वार्ता टोली नै गठन गरेको थियो । तीन दिन लामो छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो । सेयर बाँडफाँडको विषयमा सहमति जुटेसँगै अब ‘दिमाग खराब’को प्रदर्शन यथावत् रहने भएको छ । अहिले यो फिल्मले राम्रो कमाई गरिरहेको छ ।

सेयर बाँडफाँडसँगै हलमा ट्रेलर तथा पोस्टर आदि प्रचार सामाग्रीको प्रयोगको विषयमा पनि चलचित्र संघ र निर्माता संघबीच विशेष सहमति भएको जनाइएको छ । दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँड, हलमा ट्रेलरको प्रयोग आदि विषयमा लामो समयदेखि रस्साकस्सी चल्दै आएको थियो । अब त्यसको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो