2026-10-04 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ | चलचित्र ‘बलिदान’ को ‘ट्रेलर’ आज सार्वजनिक गरिएको छ ।

यसअघि उक्त चलचित्रको पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक भइसकेको छ । ट्रेलरको अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ । देशभक्तिभाव झल्काउन खोजिएको उक्त चलचित्रको ट्रेलरमा कलाकार अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिनुभएको छ । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गर्नुभएको छभने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको संवाद र ऋचा शर्माको भावनात्मक प्रश्न समेटिएको छ । निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रका रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको छ ।

चलचित्र ‘बलिदान’लाई बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ । निर्देशक सेनले यसअघि बलिदानलाई चलचित्र मात्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताउनुभएको थियो । यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ ले चर्चा बटुलिसकेको छ । सुजन चापागाईंको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा चर्चा पाइरहेको छ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ । चलचित्र बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर