२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जेरी अन टप’लाई दर्शकको साथ

५ कार्तिक २०८२, मंगलवार १५:०९

काठमाडौँ | तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’का अनुसार उक्त चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजारको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीले ‘जेरी अन टप’ले प्रदर्शनको पहिलो दिन असोज ३१ गते रु ७२ लाख ५९ हजार, दोस्रो दिन रु ८६ लाख ३८ हजार तथा तेस्रो दिन ६३ लाख ८४ हजारको व्यापार भएको जानकारी दिनुभयो ।

प्रदर्शन भएदेखि नै चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहनुभएका अभिनेता केसीले झन्डै डेढ वर्ष समय दिएर तयार गरेको सो चलचित्रले दर्शकको अपेक्षा पूरा गर्दा मेहनतको फल पाएको आभाष भएको प्रतिक्रिया दिनुभयो ।

“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको महसुस गरेको छु । चलचित्रले सगरमाथाको कथासँग जोडेर त्रिकोणात्मक प्रेम देखाएको छ । हामी दर्शकप्रति आभारी छौँ”, अभिनेता केसीले भन्नुभयो ।

तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले उक्त चलचित्र अवलोकन गरेका थिए । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । सरोज न्यौपाने प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जेरी अन टप’को निर्देशन सुयोग गुरूङले गर्नुभएको हो ।

निर्देशक हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलीप रेग्मीले छायाङ्कन गर्नुभएको उक्त चलचित्र प्रदर्शनका लागि रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति