2026-09-19 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रणवीर–दीपिका अब पति–पत्नी

कात्तिक २९, काठमाडौँ | बलिउड नायक–नायिका रणवीर सिंह र दीपिका पादुकोणले झन्डै छ वर्ष लामो प्रेम सम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका छन् । दीप–वीर नाम दिइएको यो जोडीले बुधबार बिहान सातै बजे कोंकणी विधि विधान अनुसार लगन-गाठो कसेका हुन् ।

विवाहका लागि इटाली पुगेका वरबधु विवाहपछि भारत फर्केर २१ नोभेम्बरमा बङलोर र २८ नोभेम्बरमा मुम्बईमा पार्टी दिने तय गरिएको छ । तर त्यसअघि जोडीको बिहीबार पनि सिन्धी परम्परा अनुसार विवाह हुनेछ । बिहीबारको विवाह सिंह परिवारको तौरतरिका अनुसार हुन लागेको हो । बुधबारको विवाहमा साडीसहित गरगहनामा देखिएकी दीपिकालाई बिहीबार भने लहंगा पहिरनमा बेहुलीका रूपमा उतारिने बताइएको छ । रणवीरले भने शेरवानी लगाउने छन् ।

रणवीर–दीपिकाले इटालीको तेस्रो ठूलो ताल कोमोलाई विवाहका लागि रोजेका थिए । ताल क्षेत्रकै सात सय वर्ष पुरानो एउटा भिल्लामा भइरहेको वैवाहिक स्थानमा रणवीर पानी जहाजमा जन्ती लिएर पुगेका थिए । विवाहमा परिवार र आफन्तका अलावा बलिउडका हस्ती शाहरूख खानदेखि सञ्जयलीला भन्साली, फराह खानलगायत ४० भन्दा बढी पाहुना सामेल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता