2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा प्रवेश

मंसिर १५, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।

श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु,’ उनले भिडियोमा भनेकी छन् ।

प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अब एउटा पि्रजेन्टेसन दिनुपर्छ र त्यसैको आधारमा हेड टु हेडको टप १० मा पुगेपछि मिस वर्लडको टप ३० मा पुगिन्छ ।

श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् ।

मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको बलियो उपस्थिति छ ।

श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो