2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमालका विचित्रका फ्यान: देउता फिल्म हेर्दा टिभी फुटाइदिए

मङ्सिर १८, काठमाडौँ | महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङ को न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमाल प्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ ।

कुरो १५ बर्षअघि हो, घरमा राजेश हमाल अभिनित देउतामा राजेश हमालको मृत्यु हुन्छ, त्यो दृश्य देख्नसाथ हर्कले राजेश हमालको मृत्यु भएको पीडा सहन नसकेर देउता फिल्मको सिडी र सिडी प्लेयर नै फुटाइ दिए । र उनी कोठामा बसेर रुन थाले, त्यस दिन खाना समेत खाएनन् रे उनले । किनकी उनलाई असह्य पिडा भयो ।

यति मात्र कहाँ हो र उनले राजेश हमाल अभिनित कुनै फिल्म हेर्न छुटाएको बिरलै मात्र छ । उनीसँग हमालद्वारा अभिनित चलचित्रको सिडीको थाक नै छ । राजेश हमाल नै मन पर्नुको कारण चाँहि के हो रु भन्ने प्रश्नमा हर्क भन्छन्— उहाँको अभिनय राम्रो छ, पढेलेखको र हेण्डसम पनि हुनुहुन्छ । भनिन्छ मानिसहरु समस्या र दुख पर्दा भगवानलाई सम्झन्छन् । यद्यपि, हर्कको भगवान भनेको नै हमाल हुन्, उनी हमालकै नाम पुकार्छन् । मेरो भगवान भनेको नै राजेश हमाल हो, हर्कले भने । कक्षा—५ सम्म अध्यनरत हर्कलाई राजेश हमाल एकदमै मनपर्छ भनेर गाँउघरमा सबैलाई थाहा छ । राजेश हमालको कुरा जोडेर उनलाई गिज्याउनेहरु पनि छन् । तर, आफूलाई राजेश हमालको नाम जोडेर जिस्काएको मन नपर्ने उनी बताउँछन् । हलमा राजेश हमालको फिल्म आउदैछ भनेर सुन्नासाथ फिल्म हेर्न हलमा पुगिहाल्छन् । 

सकेसम्म उनी राजेश हमालको मृत्यु भएको फिल्म नै हेर्न चाहदैनन् । राजेश हमाल मरेको थाहा भयो भने म त्यो फिल्म नै हेर्दिन् । उनले भने— मलाई राजेश दाई मरेको फिल्म हेराएर कति चोटी त रुवाएका छन् साथीहरुले। म राजेश दाई फिल्ममा मरेको हेर्न चाहान्न्  

राजेश हमालसँग उनको भेट्ने ठुलो धोको छ । यसलाई पुरा गर्न उनी एकचोटी काठमाण्डौ जाने सुरमा छन् । राजेश हमाललाई भेट भयो भने के गर्नुहुन्छ रु उनी भन्दै गए— नजिकैको साथीलाई म राजेश हमालसँग फोटो खिच्छु खिचिदिनुन भनेर अनुरोध गर्छु । अनि राजेश दाईलाई एकचोटी आफूसँग फोटो खिच्न अनुरोध गर्छु । यति भनि नसक्दै हर्क भावुक भए । उनले लामो खुई हाँन्दै भने — राजेश हमालसँग फोटो खिचेर सजाएर राख्ने मन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो