2026-10-10 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियङ्काको बिहेमा क्यामेरा/फोन समेत प्रतिबन्ध, पहिलो फोटो १७ करोडमा बिक्यो

मङ्सिर १८, काठमाडौँ (एजेन्सी) | बलिउड अभिनेत्री प्रियङ्का चोपडाको बिहेमा फोटो खिच्ने डरले क्यामेरा तथा क्यामरा भएको फोन समेत प्रतिबन्ध गरियो । 

यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए । 

अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । तस्विरमा प्रियङ्का चोपडा र निक हिन्दू र क्रिश्चियन रीतिरिवाजबाट बिहे गरिरहेको देख्न सकिन्छ । 

बेचिएकै कारण प्रियङ्का र निकको बिहेको तस्बिर कहीँ कतै सार्वजनिक गरिएको थिएन । बिहेमा पनि पाहुनालाई क्यामेरा नभएको मोबाइल फोन मात्रै प्रयोग गर्न दिइएको थियो । 

समाचार अनुसार प्रियङ्का र निकले ड्रोनबाट फोटो खिच्ने सम्भावनातर्फ चनाखो हुँदै निशानेबाजलाई बन्दुकसहित बोलाएका थिए । दुवैको बिहे जोधपुरको उम्मेद भवन प्यालेसमा भएको हो । यस क्रममा शानदार आतिसबाजी गरियो भने बिहे क्रिश्चियन रीतिरिवाजबाट सम्पन्न भएको हो । 

दिल्लीको ताज प्यालेसमा आज प्रियङ्का र निकले आफ्नो पहिलो पार्टी दिइरहेका छ्न् । यस पार्टीमा दुवैका निकट साथी आएको खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै