मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो "/>
2026-10-10 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ६८ औं ‘विश्व सुन्दरी’ चुनिदै, ९० देशलाई पछाडी पार्दै नेपालबाट पनि दावेदारी

मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो पटकको मिस वर्ल्ड नेपालीहरुको लागि यस कारण पनि महत्वपूर्ण छ कि नेपालबाट विश्व शुन्दरी ताजको लागि नसोचेको सफलता हाँशिल गर्दै अन्तिम प्रतिष्पर्धीमा छिन् । र

आज धेरैको कौतूहलता चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदार बनेर प्रतिस्पर्धामा छिन् । धेरै नेपालीहरूले सृंखलाको हालसम्मको उपलब्धि राष्ट्रिय गौरवको बिषय मानेका छन् । 

विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन् । कयौंको ढुक-ढुकीले नेपालकै पक्षमा नतिजा आओस् भन्ने प्राथना गरि बसेका छन् ।   प्रतियोगिताको पूर्वसन्ध्यामा धेरै नेपालीले उनले पहिलो नेपालीका रूपमा ‘विश्व सुन्दरी’ को उपाधि पाऊन् भन्दै शुभकामना दिइरहेका छन् । 

विश्व सुन्दरीको प्रतिष्पर्धामा प्रतियोगिताको एउटा महत्वपूर्ण उपाधि ‘ब्युटी विथ पर्पोज’ जितेर नेपालको नाम उच्च राख्न सफल भईसकेकी सृंखलाले मतको आधारमा पाउने अर्को उपाधि मल्टिमिडिया अवार्ड जितेर यस पटकको ‘मिस वर्ल्ड’ को ताज नेपालले नै लागोस् भन्ने पक्षमा विश्वको ठूलो जमात छ भन्ने प्रमाणित गरिसकेको छ । 

सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन्। यसै क्रममा ट्विटरमार्फत एलिया अर्यालले लेखेकी छन् – ‘यसपाली मिस वल्र्डको खिताब नेपालली चेलि शृंखला खतिवडाले जित्ने पक्कापक्की छ यदि यो साल पनि Miss World को उपाधी Mt.Everest (सगरमाथा)को देशमा आएन भने नेपालीले यो प्रतियोगिता बाटै सधैका लागि हात धुँदा हुन्छ । 

सृङ्खला पेसाले आर्किटेक्ट हुन् । शृङ्खलाका बुवा विरोध खतिवडा सङ्घीय संसद्‌मा र आमा मुनु सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन् । 

मिस २०१८ को भोटिङ लाइभ कार्यक्रमसम्म जारी रहेको छ > तपाइँ पनि भोट गर्न सक्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो