2026-10-10 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुवन केसीले ‘क्याप्टेन’ रिलिज डेट नै विर्सिएपछि…

मङ्सिर २८, काठमाण्डौ | फिल्म ‘क्याप्टेन’ नेपाली फिल्म प्रेमीमाझ लामो समयदेखि चर्चामा छ । अभिनेता अनमोल केसीको लिड अभिनय रहेका कारण पनि यो फिल्मको शहरिया युवापुस्तामा व्यग्र प्रतिक्षा छ । यसमा उनले एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । 

दीवाकर भट्टराई निर्देशित फिल्ममा अनमोलको अपोजिटमा नव-अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । काजल फिल्मस्को ब्यानरमा भुवन केसी निर्माता रहेको यस फिल्मको बिहीवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक गरिएको थियो । उक्त गीतलाई इन्टरनेटमा दर्शकले निकै रुचाएका छन् ।  

गीत सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा कलाकार, निर्देशक तथा निर्माताको भनाइले यतिबेला सञ्चारमाध्यममा विशेष स्थान पाइरहेको छ । अभिनेता भुवन केसीले फिल्मको रिलिज डेट नै विर्सिएको कुराले स्थान नपाउने त झन् कुरै भएन । उनले आफ्नो भनाइ राख्ने क्रममा फागुन १७ गते प्रदर्शनमा आउने फिल्मको रिलिज डेट फागुन २७ गते बताए । 

निर्माताले रिलिज डेट विर्सिएका हुन् वा पोस्टपोन्ड हुने रिलिज डेट घोषणा गरेका हुन् सञ्चारकर्मीबीच कानेखुसी चल्यो । एकछिन त टिमबीच पनि मुखामुख भयो । तर, भुवनले बोली सच्याइहाले । उनले फागुन १७ मा फिल्म रिलिज हुने जानकारी दिए । उनको मुखबाट फागुन २७ फुत्किनुलाई साधारण रुपमा भने हेर्न सकिन्न । 

फिल्मको रिलिज डेट मात्र उनले विर्सिएका थिएनन् । ‘रहर छ सँगै…’ गीतमा आवाज भर्ने गायकको नाम पनि विर्सिए । गीतमा अञ्जु पन्त र सुगम पोखरेलको संयुक्त आवाज छ । भुवनले भने आफ्नो फिल्मको गीतमा आवाज भर्ने गायकको नामै भुले । छेवैमा रहेका निर्देशक दीवाकरले बताएपछि उनले सुगमको पूरा नाम लिए । अञ्जुको नाम भने उनलाई स्मरण रहेछ । 

निर्माता तथा अभिनेता भुवन ‘क्याप्टेन’ लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनी भन्छन्, ‘मैले धेरै फिल्म गरें र बनाएँ । तर, मलाई राष्ट्रले गर्व गर्ने फिल्म बनाउन मन थियो । ‘क्याप्टेन’ तीन करोड नेपालीले गर्व गर्न लायकको फिल्म हो ।’ उनी उक्त फिल्म नेपालका सम्पूर्ण फुटबल प्लेयर्सहरुलाई समर्पित गर्न चाहने बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने