2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस धौलागिरीको ताज बागलुङकी शिल्पा कार्कीले जितिन

पुष १, पर्वत । दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज बागलुङकी शिल्पा कार्कीले जितेकी छन् ।

अभ्यास इभेन्ट्स् प्रालिले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज जितेकी हुन् ।

कार्कीले उपाधी संगै ५० हजार नगद पुरस्कार समेत जितेकी छन् । कक्षा १२ मा अध्ययनरत कार्कीले बेष्ट डान्सरको उपाधी पनि जितिन् । उनलाई प्रथम मिस धौलागिरी निरुता भण्डारीले ताज लगाई दिएकी थिइन् ।

भविश्यमा नायिका बन्ने लक्ष्य राखेको र नायिका बनेरै बाबुआमाको मुहारमा खुसी ल्याउने कार्कीको लक्ष्य छ । उनले नायिका बन्ने बाटोमा मिस धौलागिरीको उपाधीले थप हौसला थपेको प्रतिकृया दिइन् ।

यसैगरी प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदी फस्ट रनअर अप भईन । स्पष्ट बक्ता रहेकी सुवेदीले मोष्ट ट्यालेन्ट उपाधी पनि हात पारिन् । उनले ३० हजार नगद पनि जितेकी छन । भविश्यमा कुशल सञ्चारकर्मी बन्ने लक्ष्य राखेको सुवेदीले बताइन् ।

यसैगरी सेकेण्ड रनअर अप बागलुङकी साक्षी श्रेष्ठ भइन । उनले १५ हजार नगद पुरस्कार हात पारिन भने मोष्ट फोटोजेनिकको उपाधी पनि जितिन । यसैगरी भिउवर च्वाईसको उपाधी भने पर्वतकी अनुपा राईले जितिन । उनले १० हजार नगद पुरस्कार पाउन सफल भइन । उनले मोष्ट स्माइलको उपाधी पनि जितिन् ।

प्रतियोगितामा सहभागीहरु मध्ये रसबैभन्दा पाको उमेरकी सहभागी सरु भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरियो भने उनले गुड पर्सानलिटीको उपाधी पनि जितिन ।

यसैगरी प्रतियोगितामा मनिषा पन्त मोष्ट एक्टीभ, बेष्ट क्याटवाक अस्मिता सुनार, बेष्ट फिगरमा सम्झना अर्याल, बेष्ट भ्वाईसमा सम्झना लामगादे र बेष्ट हेयर रत्नालक्ष्मी कर्माचार्य हुन सफल भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो