2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल आइडल सिजन २’ को उपाधि जित्ने कसको सम्भावना कती ? हेर्नुहोस्

पुस २, काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ को यात्रा अन्तिममा पुगेको छ । आइडलमा अब ‘टप फोर’ मात्र बाँकी प्रतिस्पर्धी छन्, भने चारै जना प्रतिस्पर्धी फाईनलमा भिड्ने भएका छन् | ‘नेपाल आइडल सिजन–२’ग्य्राण्ड फिनाले पुस ६ गते ललितपुरस्थित पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आजोजकले जानकारी दिएको छ । आजोजकले गत हप्ताको बिहीबारदेखि अन्तिम आइडल चुन्नका लागि भोटिङ लाइन खुल्ला राखेको छ | आयोजकका अनुसार भोटिङ लाइन पुस ६ गते बेलुकी ५ बजेसम्म खुल्ला रहने छ |

भोटिङको आधारमा यी चार प्रतिस्पर्धी मध्ये एकले नेपाल आइडलको ताज जित्ने छन् |

रवि ओड, विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी मध्ये एकजनाले आफ्नो र समर्थकको सपना पूरा गर्ने छन् । 

नेपाल आइडलमा कसको सम्भावना कति हेर्नुहोस्:-

रवि वड:-

रविका समर्थक दिनप्रतिदिन थपिदै छन् । यसको उदाहरण उनले पाएको भोटले पनि बताउँछ । अहिलेसम्म ‘डेन्जर जोन’ मा नपरेका रवि उपाधि जित्न सक्ने मध्येका प्रवल दाबेदार हुन् ।

उनलाई देश–विदेशबाट ठूलो संख्यामा भोट आइरहेको छ । रविका लागि कयौं समर्थक अहोरात्र खटिरहेका छन् । सामाजिक सञ्जालको सक्दो सदुपयोग गर्दै रविलाई नै आइडल बनाउन उनका प्रशंसक खटिएको देख्दा उनी नै यो पटकको आइडल बन्न सक्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

सुदूरपश्चिमको कञ्चनपुरका रवि धनगढी अडिसनबाट आइडलमा सहभागिता जनाएका थिए । उनी सुदूरपश्चिमबाट आइडलमा बाँकी रहेका एक मात्र प्रतिस्पर्धी रहेकाले रविलाई त्यहाँबाट अत्यधिक भोट आइरहेको छ । यसकारण पनि रवि नेपाल आइडल बन्ने सम्भावना बढेर आएको छ ।

बिक्रम बरालः-

बिक्रम अन्य प्रतिस्पर्धीभन्दा परिपक्व पनि हुन् । उनले आइडलमा आउनुअघि पनि थुप्रै स्टेज तताइसकेका छन् । आइडलमा पनि बिक्रमले सबैको मन जित्न सफल भएका छन् ।

उनको दमदार प्रस्तुतीकै कारण ‘चलचित्रमा’ गीत गाउने अवसर पनि पाइसकेका छन् । साथै, बिक्रम ‘गोल्डेन माइक’ विजेता पनि हुन् । आइडलको निर्णायकको मुख्य रोजाइमा रहेका बिक्रमप्रतिको स्रोता–दर्शकको अत्यधिक साथले उनले नै आइडलको उपाधि जित्न सक्ने अनुमान गर्न सकिन्छ । बिक्रम पोखरा अडिसनबाट आइडलमा भाग लिएका थिए ।

सुमित पाठकः-

सुमित पनि बिक्रम जस्तै ‘गोल्डन माइक’ विजेता हुन् । त्यसकारण पनि आइडल आयोजकको नजर उनमा पनि केन्द्रित छ । तर, आयोजक वा निर्णायकको मात्र नजर भएर पुग्दैन । दर्शक–स्रोताको साथ अर्थात् अत्यधिक भोट पाउनु आवश्यक छ ।

सुमितले यसअघिका अंकमा उत्कृष्ट प्रस्तुती दिदै आएका भए पनि पछिल्लो दिनमा केही कमजोर देखिएका छन् । कम भोटकै आधारमा ‘बटम थ्री’ मा पर्ने गरिन्छ । यसको अर्थ सुमितले ‘उत्कृष्ट प्रस्तुती’ दिन सकेनन् कि भन्ने पनि अनुमान गर्न सकियो । उनले काठमाडौं अडिसनबाट आइडलमा भाग लिएका थिए ।

अस्मिता अधिकारीः-

अस्मिता आइडलमा उत्कृष्ट प्रस्तुती दिदै यहाँसम्म आएकी छन् । नेपाल आइडलको उपाधिकी दाबेदार मानिएकी अस्मिताको प्रस्तुती झन् दमदार हुँदै गएको छ । आइडलमा एक मात्र महिला प्रतिस्पर्धी बाँकी रहेकाले उनको यात्रा शिखरमा पुग्नसक्छ ।

उनी महिला भएर मात्रै होइन अस्मितामा भएको क्षमताको कारण उपाधि जित्नसक्ने सम्भावना पनि प्रवल छ । उनका समर्थकले पनि अस्मितालाइ नै उपाधि दिलाउन सामाजिक सञ्जालका भित्ता व्यापाक रंगाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो