2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियलमा नकारात्मक भूमिका खेलेकी आम्रपालीलाई एक वृद्धाले घाइते हुनेगरी लडाइदिइन्

पुस ५ काठमाडौं | जिटिभीमा प्रशारण भएको भारतीय टेलिसिरियल ‘कुबुल हे’ मा आम्रपाली गुप्ताले तनवीरको नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाको मूल्य आम्रपालीले घाइते भएर चुकाउनु परेको छ । तनवीरको भूमिकासँग रुष्ट एक वृद्धाले आम्रपालीलाई धकेलेर लडाइदिइन् जसका कारण उनको हात खुट्टामा चोट लागेको छ ।

इन्टरटेनमेन्ट वेबसाइट स्पटबोईको खबर अनुसार यो सिरियल बन्द भइसकेको छ ।

आम्रपालीका अनुसार उनलाई एक मन्दिरमा एक वृद्धाले धकेलेकी हुन् । उनका अनुसार गत मंगलबार बेलुकी मन्दिर गएकी आम्रपालीसँग उनका प्रशंसकहरुले फोटो खिचाइरहेका बेला ती महिला उनी नजिकै आइन् र उनलाई बेस्सरी धकेलेर लडाइदिइन् । उनले भनिन्, ‘मलाई लडाएपछि पनि ती वृद्धाले ‘तिमी खराब महिला हौ, किन अरुलाई दुःख दिन्छौ ? ’ भन्दै चिच्याइरहेकी थिइन् ।’

आम्रपालीले भनिन्, ‘घटनापछि मैले के गर्ने सोच्नै सकिनँ । ती वृद्धा महिला थिइन् त्यसकारण मैले केही गर्नै सकिनँ । मलाई चोट लाग्यो । तर यो अचम्मको कुरा हो कि उनले मेरो काम याद गरिरहेकी छिन् । तर यस्तो हुनु मेरो लागि खतरनाक होइन र ?’

आम्रपालीसँग केही महिनाअघि पनि एक घटना भएको थियो । अगस्टमा मुम्बईबाट दिल्ली जाने बेला विमानमा सँगै बसेका यात्रीले उनीमाथि दुर्व्यवहार गरेका थिए । ती यात्रीले आम्रपालीसँग फोटो खिचिरहेका थिए र उनलाई गलत तरिकाले छुने कोसिस गरिरहेका थिए । त्यसपछि आम्रपालीको सिट परिवर्तन गरिएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो