2026-09-19 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रणवीरको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो यसअघिका फिल्मको रेकर्ड

पुस १६ काठमाडौं | वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको निकै माया पाए ।

नयाँ वर्षलाई केन्द्रित गरेर डिसेम्बर २८ मा रिलिज गरिएको फिल्म ‘सिम्बा’ले फिल्म समीक्षकको उत्कृष्ट रिभ्यू र दर्शकको प्रशंशा बटुलिरहेको छ । साथै यस फिल्मले आगामी दिनमासमेत दर्शकको राम्रो साथ पाउने अनुमान गरिएको छ । 

फिल्म सिम्बाले रणवीर सिंहका अहिले सम्मका फिल्महरु मध्येप्रदर्शनको पहिलो दिनमै सर्वाधिक व्यापार गर्ने फिल्म रहेको भारतीय चर्चित फिल्म समीक्षक तरण आदर्शले बताएका छन् ।

‘सिम्बा’ले प्रर्दशनको पहिलो दिन शुक्रबार २०.७२ करोड को व्यापार गरेको छ भने दोस्रो दिन झन् पहिलो दिनको भन्दा धरै २३.३३ करोड कमाएको छ । यस अनुसार ‘सिम्बा’ले २ दिनमा ४४.०५ करोडको व्यापार गरेको छ ।

फिल्म ‘सिम्बा’ले रणवीर सिंहको फिल्मी करियरमा अहिलेसम्मका सफल फिल्मको रेकर्ड तोड्दै पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ । 

करण जोहरको निर्माण तथा रोहीत शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री सारा अली खान, सोनू सुदको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म ‘सिम्बा’ साउथ फिल्म ‘टेम्पर’ को हिन्दी रिमेक हो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो