2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘गोपी’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

पुस १६, काठमाडौं | रिलिज नजिकिँदै जाँदा गोपी फिल्मले आफ्नो प्रमोसनलाई तीब्रता दिएको छ । यही क्रममा सोमबार फिल्मको दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् । 

आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण तथा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी आगामी माघ १८ देखि चल्दैछ । यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो फिल्म हो । फिल्ममा स्वावलम्बनको विषय भएको हुनाले तेरो आफ्नो गीतलाई फिल्मको ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामा बताउँछन् ।

निर्देशकबाट फिल्मको कथा सुनेपछि आफूले फिल्मको भाव सुहाउँदो गीत लेखेको गीतकार विप्लव सुनाउँछन् । दीप श्रेष्ठले गाएको सदाबहार गीत ‘हर रात ऐठन हुन्छ’का रचयता हुन् विप्लव । ‘फिल्ममा गीत लेख्ने अफर आइरहन्छन्, तर म हल्काफुल्का भन्दा पनि यस्तै अर्थपूर्ण गीत लेख्न रुचाउँछु,’ उनले भने ।

कल्याण सिंह पछिल्लो समय नेपाली फिल्मको संगीतमा चलेकै नाम हुन् । विप्लव प्रतीकको गीत शिव परियारका लागि कम्पोज गर्न पाउनु आफ्नो लागि सौभाग्य बनेको संगीतकार सिंह बताउँछन् । चलिरहेको भन्दा फरक शैलीको गीत आफूले कम्पोज गरेको उनी जनाउँछन् ।

डोरेमी स्टुडियोमा रेकर्ड भएको गीत गायक शिव परियारलाई तुरुन्तै मन परेको थियो । डमी गीत सुन्ने बित्तिकै उनी गाउनका लागि तयार भएका हुन् । ‘बजारमा भाइरल नहोला, तर यस्तो गीत रेकर्ड हुनु र फिल्ममा प्रयोग हुनु धेरै नै खुसीको कुरा हो,’ उनले भने ।

ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको गीतमा गोपी फिल्मका मुख्य पात्र विपिन कार्कीले गाई फार्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता पाएको छ । गोपाल रसाइलीको एरेन्जमेन्टले पनि गीतको स्तर उठाउन मद्दत पुगेको छ ।

सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

विदेशमा बस्ने नेपालीहरुले फिल्म हेर्ने चाहना व्यक्त गरिरहेकाले ओभरसिज सेल्समा पनि ध्यान दिइरहेको कार्यकारी निर्माता श्रीधर पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो