2026-09-19 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

पुस १७, काठमाडौं । प्रसिद्ध भारतीय हास्यकलाकार तथा अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन।

टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्‍धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ । 

एनडीटीभीका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए । अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए।

उनका ३०० भन्दा बढी फिल्म छन् । उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन्। अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको ‘जवानी दिवानी’ मा सम्वाद लेखेका थिए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो