2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शृंखला खतिवडा नेपाल–फ्रान्स सद्भावना दूत

पुस २६, काठमाडौं | मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन्। नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो। नेपालका तर्फबाट प्रस्ताव गरिएपछि उनी नियुक्त भएकी हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनको नाम प्रस्ताव गरेका थिए। यद्यपि उनी संयुक्त सद्भावना दूत हुन्। परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरेको पत्र हस्तान्तरण गरेका थिए।

छिमेकी चीनभन्दा पहिले नेपालले फ्रान्सँग कूटनीतिक सम्बन्ध कायम गरेको थियो। सम्बन्ध स्थापनाको सात दशक लामो यात्रा स्मरण गर्दै दुईपक्षीय सम्बन्धको प्रतीकचिह्न (लोगो) सचिव बैरागी, फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना दूत खतिवडाले संयुक्त रूपमा सार्वजनिक गरे।

नेपाल र फ्रान्सबीच सम्बन्ध स्थापना भएकोमा उच्चस्तरको भ्रमण, सहयोग, सहकार्य लगायतका विषयमा पनि दुईपक्षीय छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो