2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए मेरो हजुर ३’को छायांकनको लागि अमेरिका आइपुगे नायक अनमोल (६ तस्बिरमा हेर्नुहोस्)

विजय थापा | पुस २६, काठमाडौं | निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आईपुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए । 

संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समय सम्म चलचित्र उद्योगमा काम गरि सक्नु भएकी अग्रज झरना थापा संग काम गर्न निकै सहज भएको बताए । 

साथै आफूले मेहनत साथ काम गरि रहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरि दिनु हुन् अनुरोध समेत गरेका छन् । यसै गरि प्रथम चलचित्र खेल्ने अवसर पाएकी निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहाना थापाले अमेरिकामा छायाँकन गर्न पाउदा निकै उत्साहित भएको बताइन । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ । 

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नव नायिका सुहाना थापा केही दिन अगाडि अमेरिका आएका हुन् ।

साथै अनमोल संग काम गर्न पाउदा भाग्यमानी रहेको भन्दै अहिले सम्म भएको काममा आफू सन्तुष्ट भएको बताईन । यसै गरि निर्देशक झरना थापाले अमेरिकाको डीसी क्षेत्र ,न्यू योर्क तथा मायामीमा चलचित्रको अन्तिम छायाँकन गरिने बताइन । उनले अगाडी भनिन ,चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने लक्ष्य रहको बताउदै आउने चलचित्रलाई पहिला जस्तै माया गरि दिनु हुन् सबै दर्शकलाई अनुरोध गरेकी छिन् । 

निर्माता सुनिल कुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउदै यो चलचित्र समय मै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ ।  चलचित्रको प्रेम प्रसँग युक्त (रोमान्टिक) गीतका केही तस्बिरहरु सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह