2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी पुरा

माघ १७, सिड्नी । यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् ।

नेपाल आईडलका बिजेता संगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुबै कन्सर्टलाई संतोषजनक रुपमा हेर्न सकिन्छ । यद्दपी मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत छ ।

आयोजक जोशीका अनुसार तीन सय टिकट बिक्रि भैईसकेको र दुई सय टिकट बुकिङ रहेकाले अहिले सम्मको ग्रस टिकट पाँच सय गएको बताए । तर,आयोजकको टार्गेट भने छ सय प्लस रहेको पनि उनले बताए ।

स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्बर्न कन्सर्टमा नेपाल आईडल २ का बिजेता रबि ओड सहित बिक्रम बराल,सुजित पाठक,अस्मिता अधिकारी सहित पबन गिरीले लाईभ कन्सर्ट दिने भएका छन् ।

आयोजकका अनुसार यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने दाबि गरेका छन् ।गत महिनानै कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको थियो । भने,अहिले प्रिशेलको टिकट बिक्री भैईरहेको छ । २५ डलरको प्रिसेलको टिकट कन्सर्टकै दिन डोरमा किन्दा ३५ डलर पर्नेछ । 

यस पटकको नेपाल आईडलको कन्सर्टलाई रिमा विश्वकर्माले संचालन गर्दै आएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो