<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि एकैसाथ तिन चलचित्र प्रदर्शनमा, कुन चलचित्र कस्तो ? हेर्नुहोस्

माघ १८, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि तीन ओटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन् गोपी, रणवीर र सय कडा दश । 

चलचित्र गोपीले गाई पालक किसानले गर्नु परेका संघर्ष र चुनौतीहरुलाई प्रस्तुत गरेको छ । चलचित्रले स्वरोजगारका विषयमा पनि बोलेको छ । चलचित्र गोपी चर्चामा छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘गोपी’मा विपिन कार्कीले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्कालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायांकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

यस्तै शुक्रबार देखि नै प्रदर्शनमा आएको अर्को चलचित्रहो ‘रणवीर’। नेपालमा पछिल्लो समय एक्शन जनराका चलचित्रहरु कमै मात्रामा निर्माण भइरहेका बेला एक्शन जनरामा निर्माण भएको चलचित्र ‘रणवीर’ प्रदर्शनमा आएको हो ।

चलचित्र ‘रणवीर’ मा माया, मित्रता सँगै बदलाका भावनाका कारण आइ परेका समस्या र त्यसको समाधानलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रको छायांकन महेश पौडेलले गरेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

प्राची फिल्म्स र डीआर फिल्मको ब्यानरमा बनेको चलचित्रको निर्माण गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा गरेका हुन् । चलचित्रमा सुशील सिटौला  सुभेक्षा खड्का, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टीका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतको अभिनय देख्न सकिन्छ । 

यसैगरी शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘सय कडा दश’ । चलचित्रमा भ्रष्टाचारको विरुद्धमा एउटा व्यक्तिले गरेको संघर्षको कथा समेटिएको छ । रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सय कडा दश’ बाटै हाँस्य कलाकार मनोज गजुरेलले चलचित्रमा डेव्यू गरेका छन् । 

चलचित्रमा मनोज गजुरेलसँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ,  रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौलालगायतका कलाकारको मुख्य भूमिका छ । काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथरलगायतका स्थानहरुमा चलचित्रको छायाकंन गरिएको हो । उत्तम खत्री  र रज्जु प्रधानले निर्माण गरेको यो चलचित्र दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको हो । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो