2026-10-10 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित हाँस्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ ४ सय औं भागमा प्रवेश

माघ २३, काठमाडौँ । बिगत ९ बर्ष देखि निरन्तर रुपमा कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे  प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” ४०० भागमा प्रवेश गरेको छ । सम-समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” ४०० भाग सम्म आइपुग्दा हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको “हर्के हल्दार” ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । कान्तिपुर टेलिभिजनको एक मात्र चर्चित हास्य टेलीसिरियल “हर्के हल्दार” दर्शकहरुको अपार मायाले गर्दा प्रत्यक हप्ता युट्युब ट्रेडिङ्गमा समेत पर्दै आएको छ । 

शिव शर्माको लेखन रहेको “हर्के हल्दार” को मुख्य भूमिकामा बिष्णु सापकोटा( हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने), जयनन्द लामा(ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा(बाहुनी), इन्द्र दोङ्ग खम्बे, शिब शर्मा, सरु दाहाल(देउती), अश्मिता बस्नेत(थुम्की), शान्ति बस्नेत(बाग्मती), रचना पौडेल(बास्मती), शर्मिला शर्मा, राजेन्द्र गिरि(गुन्द्रुके),यदु धिताल,लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी(जोगेलो), दिपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राइ रहेका छन l छायाँकार बुद्ध थापाको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा नबराज बखती तथा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार”लाइ बिष्णु सापकोटा तथा इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिदै “हर्के हल्दार” विभिन्न परिबेशमा परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ । आगामी दिनहरुमा समेत नयाँ नयाँ प्रस्तुति दिएर दर्शकहरुको मन जित्दै आउने कुरा निर्देशक बिष्णु सापकोटा बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो