<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम दिवसको अवसरमा गायक शिव परियारले ल्याए यस्तो गीत (भिडियोसहित)

माघ २८, काठमाडौं | नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत “तिमि नै मेरो सास हौ” को भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमि नै मेरो सास हौ’ गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको अत्यन्तै मिठो शब्द रहेको छ भने आशिष अविरलको जादमयी संगीत तथा एरेन्ज रहेको छ । गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यहि जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ ।  बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो