2026-07-03 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति शर्माको भाइरल गीत युटुवबाट हट्यो, हटेपछि सामाजिक संजालमा झनै भाइरल !

फागुन ५, काठमाडौँ | चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । गायक शर्माले परिमार्जन सहित उक्त गीत फेरी युटुवमा ल्याउने सामाजिक संजालबाट जानकारी दिएका छन् । 

गायक शर्माले आफ्नो उक्त गीतमा दर्शकले देखाएको सहभागीतालाई हार्दिक आभार ब्यक्त गर्दै आफ्नो गीतको केहि शब्दलाई लिएर विरोध सृजना गर्न खोजिएकाले गीतमा शब्द सहित परिमार्जन गर्ने स्पष्टिकरण दिएका छन् । उनले आफूले राजनिती त्यती गहिराईबाट नबुझेको तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा सचेत रहेको भन्दै आफ्नो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्यय लिएर उक्त गीत तयार पारेको बताएका छन् । 

उनले लेखेका छन् – 'मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु ।'

गायक शर्माले आफ्नो गीतलाई सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्वहरु, अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिदै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा अन्तर हृदयदेखीनै माफी माग्न चाहान्छु, भनेका छन् । उनले सामजिक संजालमा लेखेका छन् -'मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।' 

गायक शर्माले आफू यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार हो, भन्ने कुरामा आफू दृढ रहेको समेत बताएका छन् ।

सामाजिक संजालबाट कसले हटाउने ? 

गायक शर्माको गीत युटुवबाट हटेपछी सामाजीक संजालमा झनै भाइरल भएको छ । उनको गीत हटेको समाचार पाएकाहरुले उक्तगीतलाई सामाजिक संजालमा खोजि -खोजी फेसबुक म्यासेन्जर तथा फेसबुक वालबाटै सेयर गर्दै भाइरल बनाएका छन् । 

एक जनाले सामाजिक संजालमा भिडियो सेयर गर्दै लेखेका छन् 'यति राम्रो गितलाई You tube मा हटाएपनि यतातिर त छनि अब खोजि-खोजि डाउनलोड अनि सेयर गरि फेसबुक संजालमा भाईरल बनाउने काम तपाँई हाम्रो हो… LINK', त्यस्तै फेसबुकमा गायक शर्मालाई त्याग गर्दै विष्णु पाण्डेले लेखेका छन् – 'कमिडियनले कमिडी मार्फत, गजलकारले गजल मार्फत, नाट्यकारले नाटक मार्फत, गितकारले गितको शब्द मार्फत र अन्य तवर तरिकाले आफ्ना प्रतुतिहरु प्रस्तुत गर्छन्। जुन सरकार होस् या अन्यलाई विभिन्न किसिमले व्यंग्य प्रहार गरिन्छ, त्यसरी नै Pashupati Sharma ले व्यंग्य गर्दै १ वटा गित के निकालेका थिए ? त्यास्लाई सरकार तथा त्यो सम्बन्ध युवा संघले पचाउन नसकेको प्रष्ट युवा संघको चेतावनी सहितको बिज्ञप्ति भनु या के भनुबाट नै प्रष्ट देखिएको छ । तिनै युवा संघका नेता भनाउदाहरु तिनकै कार्यक्रममा गएर लाज पचाएर पेट मिचिमिची हास्दै बाहिर निस्किन्छन्, त्यो पनि देख्न पर्ने हो युवा संघले। सक्छौ भने मदनकृष्ण, हरिबंश, जितु नेपाल, सन्दिप क्षत्री, दिपकराज गिरि, तै पनि एमाले मै पनि एमालेका बद्री पंगिनी लगायत यस्ता कलाकार धेरैको बिरोध गर न ! किन पशुपतिको एउटा गित पचाउने शक्ति सकियो अब ? बेसरम ।'

यस्ता कयौं फेसबुक स्टाटस छन् जसमा पशुपति शर्माको समर्थन गर्दै लेखिएका छन् । केहिले कांग्रेसले सरकार चलाउँदा 'मलाई जापान पनि यही मलाई कोरिया नि यही' बोलको गीत गाउने अनि अहिलेको सरकारको पालामा चाही यस्तो गीत गाउने ? पशुपति शर्मा कांग्रेसको प्रवक्ता त होइनन्' भन्दै प्रश्न गरेका छन् । 

जे होस पशुपति शर्माको गीत युटुवबाट हटेपछी झनै भाइरल भएका छन् । सामाजिक संजालमा गायक शर्माले गीत हटाउनु अघिनै डाउनलोड गरि फेसबुकमा अपलोड गरिएको भिडियो खोजि-खोजि सेयर गर्ने तथा हेर्न सुझाव दिने गरिएको छ । अधिकांशले व्याप्त भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न नसक्ने भन्दै सरकारकै बिरोध गरेका छन् । गायक शर्माले वर्तमान अवस्थाको जस्ताको तस्तै चित्रण गरेको भन्दै धन्यवाद समेत पाएका छन् । यसै सन्दर्भमा सुरेन्द्र मल्लले लेखेका छन्  -'पशुपति शर्माले हटाए पनि मैले नहटाउने गरि लेखे, यदि भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने हो भने सर्वप्रथम सम्माननिय प्र.म. केपि ओलि, पुर्व प्र.म.क. प्रचण्ड र पुर्व प्र.म. तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुनुपर्छ अनि हुन्छ देश बिकास ! नत्र लक कानो कट्नु बाहेक विकल्प छैन आ-आफ्नो पार्टीको ?' 

यसै सन्दर्भलाई उल्लेख गर्दै माईसंसार ब्लगले '‘लुट्न सके लुट’ गाउँदा ‘कुट्न सके कुट’ पाराको आक्रमण, हट्यो गीत, अब श्री पशुपतिनाथले पशुपति (शर्मा) को रक्षा गरुन् !' शिर्षकमा ब्लग समेत लेखिएको छ । 

त्यस्तै Youth Federation Nepal युवा संघ नेपालले गायक शर्माले गीत परिमार्जन गर्ने गरि हटाएको बिषयलाई धन्यवाद दिएको छ । उसले आफ्नो पेज मार्फत लेखेको छ 'शब्द चयनमा भएको गल्ती महसुस र क्षमायाचना ब्यक्त गर्दै शंशोधन सहित पुन: अपलोड गर्ने गरी पशुपति शर्माजीले भिडियो हटाउनुभो र यस बिशयमा प्रटोक्ती सहित आफ्नो स्टेटमेण्ट पनि जारी गर्नु गर्नु भएको छ यस्का लागि यहाँलाई धन्यबाद तथापी बिकृती,बिसँगति बिरुद्धका तपाईंका प्रस्तुतीहरु अझ बुलन्द रुपमा आईरहुन हाम्रो साथ र सहयात्रा रहिरहनेछ l' युवा संघ नेपालले थप ध्यानाकर्षण गर्दै लेखेको छ 'आवाजहरु अझ शशक्त रुपमा उठाउनुस तर आधारहिन बिशय र कुनै निश्चित बिचार र समुदाय प्रतीको नियोजित पुर्बाग्रह नझल्कियोस l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली