2026-09-19 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका निता ढुंगाना फरियाको डिजाईनमा यस्तो देखिईन (तश्वीरहरु)

फागुन ५, काठमाडौँ | पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । 

पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको “ईलिजेन्ट ब्राईडल फेयर” नामक फेशन शो तथा फेयरमा आकार्शक रुपमा प्रस्तुत भएकी हुन । फरिया डिजाईनले काठमाडौं ठमेल स्थित छाया कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन।

उक्त फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए। कार्यक्रममा ५ बर्ष देखी ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागी थियो । वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो । कार्यक्रममा फ्री मेकअप, फुड टेस्टिङ का स्टलहरु पनि राखिएको थियो । 

विवाह समारोह तथा दुलहीले प्रयोग हुने वेष्टर्न गाउनको नेपाली बजारमा पनि डिमान्ड रहेको र वेष्टर्न गाउन प्रेमिहरुको लागि यस् कार्यक्रमको आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् । फरिया फेशनको स्टोर जमल स्थित विश्वज्योती मलमा अबस्थित रहेको छ । यस शोको कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह