2026-07-04 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटु र पत्लुको जमेको त्यो जोडी !

2019-03-04

फागुन २०, काठमाडौं | भारतीय कार्टुनमध्ये मोटु और पत्लुकी जोडी निकै लोकप्रिय कार्टुन हो। यो केही निश्चित पात्रहरूमा केन्द्रित भारतीय कमेडी सिरिज हो। यसको मुख्य प्रसारक च्यानल निक र निक एचडी हो। यसको निर्माण सिंगापुरस्थित कसमस इन्टरटेनमेन्टले गरेको हो। यो सन् २०१२ अक्टोबर १६ देखि प्रसारण हुन थालेको हो। एक काल्पनिक सहर फुरफुरी नगरमा बस्ने दुई साथी मोटु र पत्लुका दिनचर्यामा यो कार्टुन केन्द्रित छ।


यस कार्टुनको सिर्जनात्मक निर्देशन रोनोजोय चक्रवर्तीले गरेका हुन्। कार्टुनको शीर्ष गीत ‘मोटु और पत्लुकी जोडी’मा सन्देश सन्दिल्याले संगीत भरेका हुन् भने गायन सुखविन्दर सिंहको छ। यो कार्टुनका निर्माता दीपा शाह हुन्। यो कार्टुन भारतमा मात्र नभई नेपालका बालबालिकामाझ पनि लोकप्रिय बनेको छ।

मोटुलाई सबैभन्दा मन पर्ने खानेकुरा समोसा हो। त्यसैले उनले आफ्नो वरिपरिका चिया पसलबाट सधैं समोसा चोरेर खाने प्रयास गर्छन्। ती समोसा खाएपछि उनी केही सयमका लागि अत्यन्तै शक्तिशाली बन्छन्। मोटु सधैं समस्या उत्पन्न गरिरहन्छन् भने पत्लुले ती समस्या समाधानका उपाय निकाल्छन्। कहिलेकाहीँ कार्टुनका अन्य पात्र घसिटाराम, इन्सपेक्टर चिंगम र डा. झट्काले पनि त्यसमा साथ दिन्छन्।

डा.झट्काले विभिन्न प्रयोग गरिरहन्छन्। यसैका लागि घसिटारामले झुठ बोलेर कहिलेकाहीँ मोटु र पत्लुलाई फसाउने काम पनि गर्छन्।यी सबैभन्दा फरक अर्का एक पात्र पनि छन्। उनी कार्टुनमा मुख्य खलनायक हुन्। उनलाई सबैले जन द डनको नामले चिन्छन्। उनी सधैं डन बन्ने कोसिस गरिरहन्छन्। तर मोटु र पत्लुका कारण उनको योजना सफल हुन सक्दैन।

यो कार्टुनमा रहेका यिनै रमाइला पात्रका बारेमा आज हामी जानकारी लिऊँ न त है।

मोटु : मोटु दुई मुख्य पात्रमध्ये एक हुन्। उनी एक मोटो मानिस हुन् जसलाई समोसा असाध्यै मीठो लाग्छ। उनी सधैं भन्ने गर्छन्, ‘खाली पेटमा मेरो दिमागको बत्ती बल्दैन, तिमी नै केही सोच।’ उनको यो डायलग तिमीहरूमध्ये धेरैलाई कण्ठै होला।

पत्लु : पत्लु पनि दुई मुख्य पात्रमध्ये एक हुन्। उनी पातलो मान्छे हुन् र उनलाई चिया पिउन मन लाग्छ। उनले मोटु र फुरफुरी नगरका बासिन्दालाई सल्लाह दिने गरेका छन्। उनले धेरैजसो बोल्ने गरेका थेगो ‘आइडिया’ पनि तिमीहरूको जिब्रोमै झुन्डिएको होला नि।

डा. झट्का : उनी मोटु पत्लुका साथी हुन्। उनी वैज्ञानिक पनि भएकाले सधैं कुनै यन्त्र बनाइरहेका हुन्छन्। कहिलेकाहीँ उनी आफ्ना साथी घसिटारामसँग मिलेर मोटु पत्लुलाई मुर्ख बनाउने कोसिस गर्छन्। उनलाई आलुको पराठा मीठो लाग्छ।

घसिटाराम : उनी डा. झट्काका साथी हुन्। उनी एक फोटोग्राफर हुन्। उनले बोल्ने गरेका डायलक ‘मलाई बीस वर्षको अनुभव छ’ पनि धेरैमाझ लोकप्रिय छ।

इन्सपेक्टर चिंगम : उनी पनि मोटु पत्लुका साथी हुन्। उनी फुरफुरी नगरका प्रहरी इन्सपेक्टर हुन्। ‘चिंगमको चंगुलबाट बच्न असम्भव, इन्स्पेक्टर चिंगम लगायतका उनले बारम्बार बोल्ने डायलग बालबालिकामाझ चर्चित छ।

जोन : जोन एक चोर हुन्। उनी सधैं फुरफुरी नगरमा चोरी गरिरहन्छन्। मोटु पत्लुले जोनलाई पक्राउ गरेर चिंगमलाई बुझाइदिन्छन्।

यीबाहेक चायवाला, नम्बर वन, नम्बर टु, बक्सर, बबलगम, जोन, अम्मा, सब्जीवाली, मुन्नी, ट्रबलगम लगायतका पात्र पनि यो कार्टुनमा छन्। अन्नपूर्णपोष्टको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो