2026-07-03 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

छात्रालाई प्याड लगाउन सिकाउँदै प्रियंका र आयुष्मान

2019-03-05

फागुन २१, धनुषाधाम । आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ । धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको हो । 


फाउण्डेशनका अध्यक्ष एवं कलाकार प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीको उपस्थितिमा भएको कार्यक्रममा महिनावारी सम्बन्धि सचेतना अभिवृद्धि पनि गरिएको छ । नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भईनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा ध्यान दिन आग्रह गरीन् ।  


कपडाबाट बनेको सो प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले बताइन् । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिईन् ।  कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिकासमेत छात्राहरुलाई सिकाएकी थिइन् । यस्तै, नायक आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए । महिनावारी भएको समयमा महिलाको पिडा कम गर्न पुरुषले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरुको यो आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम हो । कार्यक्रममा महिला सचेतनामा आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो । फाउण्डेशनलाई शौचालय निर्माणमा पञ्चकन्या ग्रुपले सहयोग गरेको छ भने प्याड वितरणमा केजीएच ग्रुपले सहयोग गरेको हो । यस्तै, झोला, डस्टविन र बिरुवालगायतका सहयोग सामग्री प्रियंका र आयुष्मानले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि