2026-08-20 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विष्णु माझि र भागिरथ चलाउनेको मार्मिक गीत ‘जाउँला बरीलै’ ले प्रसंशा बटुल्दै (भिडीयोसहित)

शंकर के सी । फागुन २८, सल्यान । नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा नयाँ र उत्कृष्ट सृजना थपिएको छ । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गत शनिबार मात्रै सार्वजनीक गरेको जाउँला बरिलै बोलको गीतले धेरैको प्रशंशा पाइरहेको छ ।

यस अघि पनि उत्कृष्ट गीत ल्याउने र निरन्तर संगीत क्षेत्रमा लागीरहेको गायक भागीरथ र छुट्टै पहिचान बनाएकी गायीका विष्णु माझीको स्वरमा सजिएको निकै मर्मस्पर्शी गीत जाउँला बरिलै ले सानो र ठूलो जातको युवा युवतीको प्रेम कथा बोलेको छ । गायक चलाउने र सन्तोष विसीको पहलमा गीत रेकर्ड गरिएको हो ।

गीत राम्रो बनेको प्रतिक्रिया साथीहरु तथा श्रोता र दर्शकहरुले दिइरहेको उनले जनाए । गीतमा तल्लो जातको युवकले माथिल्लो जातकी युवतीसँग गरेको प्रेम र ती दुई जोडीले खेप्नु परेको पीडा तथा गाउँ समाजको अन्यायलाई देखाइएको छ ।

म्युजिक भिडियोको कथा र गीतका शब्दमा तल्लो जातको युवकले माथिल्लो जातको व्यक्तिलाई रगत दिएको चल्ने तर मायाप्रेम किन नचल्ने भनेर प्रश्न उठाइएको छ । गीतमा शब्द सन्तोष विसी र भीम लामाले लेखेका छन् । विसी र लामाले लेखेका गीतका शब्दहरू दमदार छन् । गीतको लय भने गायक भागिरथ लचलाउने स्वयंले बनाएका हुन् ।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘जाउँला बरिलै’का एरेञ्जर विनोद बाजुराली हुन् । गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् । मिक्सि खड्ग बाजुरालीले गरेका हुन् । करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोका परिकल्पना गायक भगिरथ चलाउनेले गरेका हुन् । भिडियोको निर्देशन र सम्पादन प्रवीन भट्टको रहेको छ । म्युजिक भिडियोमा देवेबन्द्र बब्लु, रविना अधिकारी, जुना गुरुङ, कल्याण रत्न कार्की, उदय कार्की, पूर्णिमा कार्की, ध्रुब कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध