2026-10-10 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन फेक अकाउन्ट चलाउछिन् बलिउड नायिका करिना कपुर ?

काठमाडौं | बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् ।  करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् ? यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् । यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट्वीटर ह्यान्डलबाट सेयर गरियो । करिनाले भिडियोमा आफू सोसल मिडियामा नभएपनि सबै कुराबारे जानकारी भएको बताइन् ।

करिनालाई जब अरबाजले सोसल मिडियामा उनको फेक अकाउन्ट छ भनेर सोध्दा करिनाले भनिन्, ‘साँच्चै भन्नुपर्दा यसलाई फेक भन्न सकिन्नँ, यो सक्कली नै हो तर मेरो भिन्न पहिचानको छ । एक अपरिचित पहिचान ।’

करिनाले यसरी सोसल मिडियाबारे जानकारी राख्नु गलत नभएको बताइन् । उनका अनुसार यो एउटा जानकारी जुटाउने माध्यम हो । आफूलाई नीजि जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले पनि यस्तो गर्ने गरेको उनी बताउँछिन् । आफू यस्तो दबाबका लागि तयार नभएको पनि उनले बताइन् ।

करिना सोसल मिडियामा हुनु नहुनुले कुनै फरक नपार्ने बताउँछिन् । उनी भन्छिन्, ‘अन्ततः कुराहरु सार्वजनिक भइछाड्छ ।’ आफूलाई सोसल मिडियामा मानिसहरुले गरेको कमेन्ट पनि पढ्ने गरेको उनले उक्त कार्यक्रममा बताइन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय