2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘लभ स्टेशन’ २७ लाखमा अष्ट्रेलिया बिक्री

चैत १, काठमाडौं | चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । 

यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । 

यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ ।  लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।  

को ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलरको एक सातादेखि युटयुव नेपालमा ट्रेनडिङमा रहँदै आएको छ । चलचित्र लभ स्टेशनलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय