2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्र तिमल्सिनाको १८ बर्षे संघर्ष: ब्याक डान्सरदेखि निर्देशकसम्म

चैत ५, काठमाडौँ | भिडियो निर्देशक दिपेन्द्र तिमल्सिनाको जीवन संघर्षको बिषयमा लेख्ने हो भने एउटा गतिलो किताव बन्छ, यदी उनको १८ बर्षे जीवन संघर्षको त्यहि कितावलाई २/३ घण्टामा संक्षिप्त बनाउने हो भने एउटा फिल्ममै निर्माण हुन्छ ।  

२०५५/५६ साल तिर जब ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आफ्नो बुबा कमल प्रसाद तिमल्सिनाले एउटा एन्टिना सहित ल्याएर घरमा सेट गर्नु भयो तब गाउँभरीमा मान्छेहरु दिपेन्द्रको घरमा झुम्मिन थाले । सनिबारको दिन साल काटेर आउनेहरुले उनको घरको धन्सार भरिन्थे । कारण थियो ‘रामायण’ | एन्टेनाको माध्यमबाट एक मात्र च्यानल नेपाल टेलिभिजन हेर्न पाइन्थ्यो । त्यसमा आउने जुनसुकै कार्यक्रम हेर्न मानिसहरु उनको घरमा झुम्मिन्थे । सोलारबाट चल्ने त्यस ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनको क्रेज यति हुन्थ्यो कि साना बच्चा सहित बुढा/बुढीसम्म राति लड्दै र पड्दै दिपेन्द्रकै घरमा पुग्थे । 

दिपेन्द्र पढ्नमा अब्बल थिए । उनलाई आफ्नो घरमा आफ्नो बुबाले ल्याएर जोडेको टिभीमा मान्छेहरु झुम्मिएको देखेर हो वा के कारण जबदेखि उनि टिभी हेर्दै हुन्थे तर दिपेन्द्रले भने टिभीको पात्रको अनुहारमा आफ्नो अनुहार राखेर हेर्न थाले । त्यति मात्र होइन, त्यतिबेलाकै ताका स्व. नायक श्रीकृष्ण श्रेष्ठबाट प्रभावित भएर उनले ठानी सकेका थिए कि म भविष्यमा यसैगरि दुनियाले हेर्ने भिडियोको पात्र बन्नेछु, अर्थात म पनि यसैगरि टेलिभिजनको पर्दामा आउनेछु ।

जब उनि एसएलसीको परिक्षा पछी २०५७ मा काठमाडौँ छिरे । उनको बुबाले सोचेको सपना र उनको सपना आकास/जमिन जस्तै थियो । कक्षा १० सम्म कहिलै दोश्रा नभएर अब्बल रुपमा रहेका आफ्नो छोरालाई बुबा कमल प्रसाद तिमल्सिनाले साइन्स पढाउन काठमाडौँ पठाएका थिए । दिपेन्द्र काठमाडौँ त आए तर बुबाको सपनाको लागि होइन आफ्नै सपनाको लागि । परिवारलाईनै थाहा नदीई उनले आरआरमा आर्ट्स पढ्न थाले र आफ्नो भविष्यको लागि भोको भएको सपनाको सुत्र खोज्न थाले । यही क्रममा बागबजार स्थित कृष्ण फिल्म्सबाट नृत्य सिकेर उनले म्युजिक भिडियोहरुमा मुख्य कलाकारको पछी-पछी नाच्ने दर्जनौं अवसरहरु पाए । 

त्यतिखेर टिभीमा आउने गीतहरुमा उनले नाचेको दृश्य झल्याक-झुलुक देखिन्थे । जसको लागि मुख्य कलाकारको पछाडी नियाल्नु पर्थ्यो । सोहि क्रममा दिन/महिना/साल बित्दै गए । समय जति बिते उनका अनुभवहरु उत्तिकै बलियो बन्दै गए, त्यहि अनुभव र अथक पेसागत निरन्तरताले उनलाई पछाडी नाच्ने पात्रमै मात्र सिमित बनाएन, मुख्य रोलमा भिमिका खेल्ने कलाकार देखि सहायक निर्देशक हुँदै अहिले गन्य-मान्य निर्देशकको रुपमा उभ्याईदिएको छ । उनले अहिलेको स्थिति बनाउन सयौं म्युजिक भिडियो र चलचित्रका तिता-मिठा अनुभवहरुसंग जोडिए ।

मुख्य कुरा के छ भने उनले आफूले मनैदेखि अंगालेको पेशालाई एउटा सर्वोच्च उचाईमा पुर्याएका छन् । कुनै बेला हिरो वा मोडलको पछाडी नाच्ने पात्र १८ बर्ष फिल्मी क्षेत्रमा गुजार्दै अहिले उनै हिरो वा मोडलहरुलाई आफ्नो निर्देशनमा नचाउन सफल भएका छन् । भिडियो बनाउन चाहनेहरु अहिले उनि आफैले खोलेको मण्डली फिल्म्स प्रा.लि. मा आउने गर्छन् । एउटा अनुभवी निर्देशकको रुपमा स्थापित हुँदै गरेका दिपेन्द्र मेहेनत गरेर निर्देशन गर्ने र आफूलाई फिल्मी दुनियामा अझै दरिलो रुपमा स्थापित गराउने लयमा छन् । उनले आफूले पाएको अवसरलाई यसरी आत्मसाथ गर्दै लगेका छन् कि आज पनि उनी सबैको नजरमा उत्तिकै असल, मिलनसार र लगनशिल देखिन्छन् । 

उनले पछिल्लो पटक निर्देशन गरेका दर्जनौं म्युजिक भिडियो तथा चलचित्रका गीतहरु निकै सफल भएका छन् । उनले निर्देशन गरेका गीतहरु Youtube मा हेर्न सकिन्छ । साथै पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको टेलिसृंखला ‘ब्याड लक’ मा उनलाई नियाल्न सकिन्छ । उनले जे सोचेर यो क्षेत्रमा छिरेका थिए, ति कुरा पाईसकेका छन् । तर पनि उनि रोकिएका छैनन् । दर्शकहरुका लागि अझै उत्कृष्ट आफ्ना भिडियोहरु दिन चाहन्छन् । 

आज हामीले उनै संघर्षशील व्यक्तित्व, कलाकार तथा निर्देशक दिपेन्द्र तिमल्सिनाको जीवन संघर्षको बिषयलाई लिएर केहि अन्तरंग कुराकानी गरेका छौं, आउनुस भिडियोमै हेरौं:: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय