2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ लाख ३६ हजार होटलको बिल नतिरेको भन्दै अभिनेत्रीमाथि मुद्दा दर्ता !

चैत ७, काठमाडौं | कन्नड सिनेमाकी अभिनेत्री पूजा गान्धी र राजनीतिज्ञ साथी अनील पी. मिनासीनाकाईविरुद्ध भारु ३.३५ लाख (५ लाख ३६ हजार) बराबरको होटलको बिल नतिरेको भन्दै मुद्दा दर्ता भएको छ । 

बैङ्लुरुको द ललित अशोक होटलका सुरक्षा प्रबन्धकले पूजा र उनका साथी मिनासिनाकाईले होटलको पूरा बिल नतिरिकन भागेको भन्दै मुद्दा दर्ता गरेका हुन् । एक वरिष्ठ पुलिस अधिकारीले भने, ‘गएको मार्च ११ मा मुथान्ना सीसी, द ललित होटलका सुरक्षा प्रबन्धकले हाई ग्राउण्ड पुलिसमा मुद्दा दायर गरेका थिए ।’ उनीहरुको बयानको आधारमा पुलिसले मुद्दा लिएको तर प्रथम सूचना रिपोर्ट (एफआईआर) नभई एनसीआरका रुपमा दर्ता गरेको प्रहरीले जनाएको छ ।

‘पूजा र मिनासीनाकाईका साथै अरु सदस्यहरुलाई होटलले अप्रिल २०१६ देखि मार्च २०१७ सम्म सेवा दिएको थियो । उठेको बिल २६ लाख २२ हजार ३ सय ४४ मध्ये उनीहरुले सन् २०१८ सम्म पटक पटक गरेर २२ लाख ८३ हजार १ सय २९ मात्र तिरे । तर अहिलेसम्म पनि बाँकीको ३ लाख ५३ हजार ४० भारु तिरेका छैनन्’ मुथान्नाले दर्ता गरेको अभियोगमा भनिएको छ ।

होटलका अनुसार, अभिनेत्री पूजा र उनका साथी अनेक बाहना गर्दै, बाँकी रकम तिर्ने भन्दै होटलबाट भाग्न सफल भएका थिए । ‘जेडी चक्रवर्तीको सिनेमाको प्रि प्रोडक्शनको लागि म होटलमा बसेको थिएँ, मैले क्रेडिट कार्डबाट बिल भुक्तानी गरेको थिएँ । मैले झुठो मुद्दाको बारेमा थाहा पाएँ र होटलका महाप्रबन्धक भाष्करसँग सम्पर्क गरेको थिएँ । यो हामी दुईबीच भएको असमझदारी हो ।’ अभिनेत्रीले भने आफ्नो छवि धमिल्याउन यस्तो गराइएको बताएकी छिन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय